जीवनी
३१.२ माहिला स्व : दिल बहादुर केरुङ
जन्म — स्व.मनुहाङ्ग केरुङ्गको नाती तथा स्व.ऐतसिं केरुङ्ग र स्व.श्रीमती तुम्याहाङ्गमा लिङदेनको कोखबाट वि.सं.१९८६ साल फाल्गुण ९ गतेको दिन पान्थर थुम लुवाफो ६ (हाल याङ्गनाम—८) मौजामा ३ भाइ छोरा मध्ये माहिला छोरा स्व.दिल बहादुर केरुङ्गको जन्म भएको थियो ।
भर्ति — वि.सं.२००६ सालमा भारतको घुम पहाडबाट व्रिटीस फौज बहिमा भर्ति भई ७ जी आर टु / ७ जी आर फौजी सेवामै प्रथम श्रेणीको (फस्ट क्लास) शिक्षा हासिल गर्नु भएको थियो ।
दम्पति– वि.सं.२००९ सालमा पहिलो छुट्टी पाई घर सुर्केनागी निवासी स्व.जडानसिंह कुरुम्बाङ्गको अन्तरी छोरी स्व.अर्थमाया कुरुम्बाङ्ग संग लिम्बु रितिरिवाज र संस्कार अनुसार वहांको बैवाहिक जीवन शुरु गर्नु भएको थियो । वहाको २ भाई छोरा २ बहिनी छोरी गरी जम्मा ६ जनाको परिवारमा रहनु हुन्थ्यो ।
जेठा छोरा नरेन्द्र प्रसाद केरुङ, बुहारी सावित्रा तुम्बापो
कान्छा छोरा जय कुमार केरुङ, बुहारी शान्ति थाम्सुहाङ
जेठी छोरी ज्वाई, शुर्य केरुङ र लाल बहादुर आङदेम्बे
कान्छी छोरी ज्वाई, सुनमाया केरुङ र कृती चाम्लीङ
समाज सेवा– व्रिटीस फौजबाट अवकाश पाई आफ्नै जन्म स्थलमा गाउंबुढा (सचिव) जिम्मावलको कार्यवहन गर्नु भएको थियो । यही सिलसिलामा वि.सं.२०२३ साल तीर वहाले पहिलो लुवाफु गाउं पञ्चायत सचिवको कार्य निर्वाह गर्नु भएको थियो । लुवाफु अँशुभञ्ज्याङमा अवस्थित श्री सिंह शिद्ध प्रा.वि.लाई स्तरोन्नती गर्नु भई मा.वि.सम्मको निर्माण जिम्मेवारी सम्भाल्नु भएको थियो । सामाजिक कार्यमा संधै सकृय भुमिका निर्वाह गरि रहनुहुन्थ्यो । गाउं समाजको भै परि आउंने झै झगडा, मुद्धा मामिला, अन्याय अत्याचारको विरुद्धमा र मेलमिलापको पत्रलेख्ने सचिव बुढाको नामले सु परिचीत हुनुहुन्थ्यो ।
राजद्रोह– वि.सं.२०१३ सालमा लिम्बुवानको रितिथिती संरक्षण लगायत स्वाधिनताको लडाईमा श्री ५ महेन्द्र सरकार समक्ष संयुक्त रुपमा विन्तीपत्र बुझाउंन जाने क्रम्मा वहाको समेत सक्रिय भुमिका रहेको थियो । वि.सं.२०१७ साल महेन्द्रको कुठाराघात कदमले अराष्ट्रीय तत्व भनी राज द्रोहको आरोप लगाई मौजा मेमेङ्ग चौकीमा बन्दी बनाएर राखेको थियो । दोस्रो पटक पनि आरोपमा पक्राउ परि तत्कालिन जिल्ला प्र.कार्यालय फेदेन जोरसालको थुनामा बन्दी बनाए पछि प्रशासनले सत्य मुचुल्का उठाए पश्चात वहा थुनाबाट रिहा हुनु भएको थियो ।
विदाइ–वहाको वि.सं.२०५७ साल कार्तिक ४ गतेको दिन ७३ वर्षको उमेरमा सदाको लागी यो समाजबाट विदा हुनु भयो ।
Dil Bdr Kerung : Maila
(... - 2000)