महासेरले आज भन्दा २०० वर्ष अघि चौविसथुमको डाडाबजार –४ वेङना गाउँमा १४ सय १४ रुपैया १४ आनामा निर्माण गरेको ऐतिहासिक मुण्डा घर,वि.सं.२०७७ सालमा मरमत संभार पछि ।
दोस्रो भाग
१.नेपाली कांग्रेस पार्टीको जन्म र पुर्व अवस्था
नेपाली कांग्रेसको जन्म हुनु भन्दा अघिको अवस्था के थियो बुझ्न आवश्यक ठानेको छु । यसको लागी पहिलो अवस्था छिमेकी देशहरु भारत र तिव्वतको समकालीन अवस्थालाई बुझेर मात्र आफ्नो देशको अबस्था बुझनु पर्दछ ।
क.) भारत – भारतमा वृटीस ईष्ट ईन्डीया कम्पनीको हुकुमी शासन चली रहेको थियो । उनीहरुले वि.सं.१९१४ देखी २००४ साल (सन् १८५७ देखी १९४७) ९० वर्ष सम्म हुकुमी सासन चलाएको थियो । ईष्ट ईन्डीया कम्पनि वा अग्रेजी उपनिबेष भनेर चीन्नु परेको थियो । हुकुमी साशन विरुद्धमा महात्मा गान्धि, सुभाषचन्द्र बोस, जुहारलाल नेहेरु जस्ता महान जन नायकहरुको अथक मुक्ती संग्रामको प्रयासबाट १९४७ अगस्त १५ यो दिन भारतले व्रिटीस साशनबाट स्वतन्त्रता प्राप्त गरेको थियो । त्यसैले प्रत्येक बर्ष १५ अगस्तलाई स्वतन्त्रता दिवशको रुपमा भारतले मनाउंने गरेको छ ।
ख.) नेपाल – ठीक त्यही समय वि.सं.१९०३ देखी २००६ साल (जंगबहादुर राणाले राणाहरुको सासनको जग बसालेको थियो । यसलाई राणाहरुको निरंकुस साशन सन् १८४६ देखी १९५१) सम्म नेपालमा पनि १०४ वर्ष राणाहरुको हुकुमी सासनको दवावमा बस्नु परेकोले, नेपालको ईतिहासमा अन्धकारको युग पनि भनिन्छ । भारतमा जस्तै नेपालमा पनि प्रजातन्त्र प्राप्तीको लागी जनमुक्ती सेना गठन गरी जननेता सुवर्ण शम्सेर राणा, डगलसिं सेन, विपिको र गणेशमान सिं जस्ता कुसल नेतृत्वोमा जनक्रान्ती गरे पछि वि.सं.२००७ सालमा राणा शासनको पनि अन्त भई २००७ साल फागुन ७ गते प्रजातन्त्र दिवश मनाउंने चलन थियो ।
ग.) अफिमको युद्ध देखि दोस्रो विश्व युद्ध सम्म – पहिलो वृटेन र चिनको युद्ध ४ सेप्टेम्बर १८३९ र २९ अगस्ट १८४२ को अफिमको युद्धबाटै प्रारम्भ भएको थियो । दोस्रो १८६५ देखी १८६० सम्म फ्रान्स विरुद्ध लडाइ भएको थियो । सन् १९०३ देखी तिव्वतमा बृटीस सेनाहरुले दवादव आक्रमण गर्न थाले । १० महिना चलेको युद्धले सन् १९०४ मा दोहरो महा सन्धिमा हस्ताक्षर हुंदा तिव्वतीहरुलाई ठुलो हर्जानाको भागिदार बनाएकोले चीनलाइ यो सहय थिएन, बृटेनको निती चीनलाई अफिमको युद्धबाटै सचेत गराएको थियो । यसैको निरन्तरतामा चिन र बृटेन विचमा सन् १९०६ मा अर्को सन्धि भयो । त्यसमा बृटेन पक्षबाट यस्तो लेखीएको थियो की तिव्वतलाई चीनमा गाभ्न नपाउंने (चीन संग मिल्न नदीने) चीन पक्षबाट पनि त्यस्तै थियो की कुनै पनि राज्यले तिव्वतको प्रसासनिक मामलामा चीनको अनुमती विना हस्तक्षेप गर्न नपाउंने भन्ने सर्तमा दुबैले हस्ताक्षर गरेका थिए । किङ(छिङ सासक ले सन् १९१० मा सैन्य अभियान पठाउंदा ल्हासा कव्जा गरीयो । दलाई लामा भारत ईस्ट ईन्डीया कहा भागेर ३ बर्ष बसरे चीनको अख्तीयारमा रहेको तिव्वती राजनीतिमा, विद्रोह मच्चाए र चीनीया सरकारी सेनाले मार्च २५–१९५९ मा ल्हासा कव्जा गर्र्यो । मार्च २८ मा दलाई लामाको सरकार विघटन भयो । दलाइ लामा भारतको सरणमा गई बसे । चीन स्वसाशित सरकार अप्रेल ५ मा रान्चेन लामाले ग्रहण गरे ।
२.दोस्रो विश्व युद्ध
वि.सं.१९९६ देखी २००२ (१सेप्टेम्बर १९३९ देखी १९४५)सम्म दोस्रो विश्व युद्ध चलेकोले यसको प्रभाव पर्नु स्वभाविक थियो । भारतका व्रिटीस साशक अंग्रेजहरु र नेपालका राणा शासकहरुको विचमा तालमेल गरी राणा शासन व्रिटीसले चलाएको थियो । भारत स्वतन्त्र संग्राम र नेपाल प्रजातन्क्र जनत्रान्तीका अगुवा नेताहरुको पनि सहकार्य हुनु स्वभाविक थियो । भारतको स्वततन्त्रता संग्रामको लक्ष्य अंग्रेज शासन हटाउनु थियो । महात्मा गान्धी, डा.राजेन्द्र प्रसाद, सुभाष चन्द्र बोस जस्ता अगुवा नेताहरुको भुमीका थियो, नेपालको प्रजातान्क्रीक जनत्रान्तीको लक्ष्य प्रजातन्त्र ल्याउनु थियो । भारत र नेपालमा जस्तै तिव्वतमा पनि बृटेनको चासो दलाई लामा संग जोडीएकोले तिव्वतलाई अलग गर्न दलाई लामा चाहान्थे ।
क.) नेपाली कांग्रेसको जन्मदाता शुवर्ण सम्सेर राणा - नेपालमा प्रजातन्त्र प्राप्तीको लागी शाहवंशहरुको अत्याचार मकवानसेन मकवानी रितीथिती संरक्षणको लागी पछिल्लो चरण पल्लो किरात लिम्बुवान (पुर्वाञ्चल)मा एम पि श्री दगलसिं सेन सुव्वाको ठुलो जिमेवारी थियो । अर्कातीर शाहवंसले गरेको अन्याय र राणाहरुको हुकुमी शासनको विरुद्ध लडेर वास्तबीक प्रजातन्त्र पनि ल्याउंनु थियो । भारतमा छंदा विपिको काका, बुबालाई अंग्रेजहले अन्याय गरेको कारण त्यसको विरद्धमा विपि कांग्रेसमा आएका हुन । विचार फरक भएकोले शुवर्ण शम्सेर आफ्नै जादुभाई विरुद्धमा लडेका थिए ।
नेेपाली कांग्रेसको जन्मदाता शुवर्ण सम्सेर राणा थिए । यो दलको स्थापना वि.सं.२००६ साल चैत्र २७ गतेमा नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रीक कांग्रेसको एकिकरणबाट जन्म भएको हो । शुवर्ण सम्सेर राणा नेपाली कंग्रेसका संस्थापक अध्यक्ष समेत बनेका हुन । वि.सं.२०१५ सालको आम निर्बाचनमा बहुमतको सरकार गठन गर्ने अवसर प्राप्त भएको पनि उन्कै नेतृत्वको परिणाम थियो । पार्टीका अधिकांस सभा सम्मेलन र कार्यक्रममा आर्थिक नैतिक सहयोग दिने संस्थापक नेता भनेर शुवर्ण शम्सेर राणाको नाम अनी योगदान लाई सम्झनु पर्दछ । कांग्रेसको ईतिहासमा वास्तविक योगदान दिने जन नेताहरुको वारेमा वर्णन गर्दा दुई भागमा बांडीएको छ वि.सं.२०१५ साल अघिको र वि.स.२०१७ साल पछिको ईतिहासमा मात्र वि.पि., कृष्ण प्रसाद भटराइ , गणेशमानको नाम आउंछ । कृष्ण प्रसाद भटराई ०१५ साल पछि पार्टीको जिम्मेवारीको हिसावले पुर्वान्चल कमाण्डर थिए, भने दगलसिं सेन वि.सं.२०१५ अघि नै पुर्वान्चल मुक्ती सेनाको कमाण्डर हुनु हुन्थ्यो । वि.सं.२०१५ साल पछिका जन नेताहरुले सत्यतालाई कांग्रेसको ईतिहासमा व्यबस्थीत गरी राख्न नसक्दा नाताबाद उन्मुख भएको देखिन्छ ।
ख) पुर्वान्चल मुक्ती सेनाको पहिलो कमाण्ड - राणा, शाही शासन विरुद्ध भएको जनक्रान्ती वि.सं.२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना झएको थियो । जनक्रान्तीको अथक योद्धा वुर्वाञ्चल जनमुत्ती सेनाको कमाण्डर सेनानी दगलसिं सेन हुनु हुन्थ्यो । जनक्रान्तीबाट प्रजातन्त्र स्थापना त भयो तर केही तत्वहरुले हामी ४ सरकार हौं भनी माथिल्लो पहाडी क्षेत्रहरुमा लुटपाट मच्चाउन थाले बाहुन क्षेत्रीहरु त्यहाबाट तराई वसाइ सर्नु परेको थियो । यस्तो उत्पात को भेल हाम्रो गाउंमा नहोस भनी १ जना मान्छे लाई सोध्न पठाईयो । “ त्यो मानिसले दगलसिं सेनको यस्तो चिठी लिएर आयो की पढेर हेर्दा त...खवरदार जनतालाई कसैले दुख नदिनु होला, कांग्रेस भनेको ४ सरकार भएर जनता लुटी खाने होईन, कांग्रेस सबै जनताको भलो गर्ने पार्टी हो । हाम्रो पार्टीलाइ बद्नाम गर्न चोरडाकाहरुले लुटपाट मच्चाएका छन् । ती सबैलाइ पार्टिले कारबाही गर्ने छ । जनताले दुख्ख पाएको सुन्नमा आयो भने राम्रो हुने छैन । दुख्ख दिने लाई आफ्नो पार्टिको भनी माफ गर्ने छैनौं । लुटेराहरु गाउंमा पसे भने सबै रैतिहरु संग मिलेर लुटेराहरुको प्रतिकार गर्नु”१....भनी लेखिएको चिठी देखे पछि हाम्रो गाउंमा त्यो संकटको भेल टरेर गयो । तर सबै क्षेत्रमा यो भेल नरोकीएको हुंदा नै संसदीय सरकार बनेको १८ महिना पश्चात श्री ५ महेन्द्र शाहबाट वि.सं.२०१७ साल पुष १ गते विघटन गरीएको हो ।
ग) जेभालेको जंगल - “बर्माको राट्रपति आङसाङ सुचीको पिताले २०० थान बन्दुक राणा विरद्धमा लड्नु भनी दिएको दगल सिं सेन लिम्बुले जिम्मा लिएर धनकुटा चौविस थुम र मोरङ केराबारी २ को संगम थलो हाबेचौरी बजारको सिरानमा अवस्थीत चे फाले (जे भाले ) जंगलमा लुकाई सुरक्षा गरी राखेका थिए । यिनै हतियार र जन मुक्ती सेनाहरुले जनतान्त्रीक(प्रजातान्त्रीक) क्रान्ती गरेका हुन । सेनाका प्रमुख कप्तान कमान सिं थाङदेनले १५० जनमुक्ती सेनाहरुको वलले राज्यका धनकुटा, मोरङका गोर्खे फौजहरुलाई छेकेको थियो ।”२
प्रथम संसदीय चुनाव :
क) निर्वाचन क्षेत्र विभाजन: नेपालमा वि.सं.२०१५ सालको प्रथम आम निर्बाचनमा जम्मा ३२ जिल्लाको १०९ सिट मध्ये १०८ सिटमा चुनाव भएको थियो । जस मध्ये ७४ सिट दो तिहाइ मत जीतेर नेपाली कांग्रेस पार्टीको प्रधानमन्त्री वि.पि.कोइराला बन्न पुगेको थियो । निर्वाचन क्षेत्र नं.२२ बाट लिलानाथ दहाल, क्षेत्र नं.२३ बाट पदमनाथ रेग्मी, क्षेत्र नं.२४ बाट कुलमान ईजम, क्षेत्र नं. २५ बाट प्रेमराज आङदेम्बे, क्षेत्र नं.२६ बाट तेजमान तुम्बाहाम्फे, क्षेत्र नं.२७ बाट दगलसिं सेन, क्षेत्र नं.२८ बाट गणेश प्रसाद रिजाल र क्षेत्र नं.२९ बाट कृष्ण प्रसाद भट्टराइृ, मोरङ बाट वि.पि.कोईराला थिए । भोजपुरबाट देवानसिं राई, झापाबाट फत्ते बहादुर बुढाथोकी, ओखल्ढुंगाबाट बल बहादुर राइ थिए । क्षेत्र नं.२७ मा श्री दगलसिं सेन लिम्बु नेपाली कांग्रेस पार्टीको रुख चुनाव चीन्ह लिएर उमेदवारीको रुपमा खडा हुनु हुन्थ्यो भने, राजतन्त्र निरदलीय पक्षबाट उहांको विपक्षमा राजारानी नागी निवासी सुव्वा प्रेम बहादुर माबोहाङ चुनाव चीन्ह हाती लिएर खडा हुनु भएको थियो ।
ख) सहयोगीहरु :– “चौविस थुम क्षेत्र नं.२७ को लागी डांडा बजार वडा नं.४ पेवाना निवासी नेपाली कांग्रेसका श्री दगलसिं सेन लिम्बुलाई एम.पि.उमेद्धारको लागी घोषणा भयो । आफ्नो पार्टीको उमेद्धार जीताउनलाई निम्न सहयोगी १२ सदस्यीय गठन भएको थियो ।”६
१.पण्डीत : नरपति ढुंगाना – डांडाबजार, ७.एम.सी : अविरजंग चेम्जोङ – राजारानी .
२.नरसिं थापा – डांडाबजार ८.सुबेदार : दलस्वोर लिम्बु – तल्लो तुंखा
३.एम.सी :.रत्न याखा – डांडाबजार ९.जिम्दार : अग्नी प्रसाद लिम्बु – राजारानी
४.एम.सी : कहरसिं लिम्बु – बेगना १०.सुबेदार : श्रीध्वोज लिम्बु – माथिल्लो तुंखा
५.सुबेदार : बुद्धी बहादुर – लाप्चेटार ११.सुबेदार : रुद्रसिं याखा – तल्लो तुंखा
६.सुब्बा डिल्लीश्वोर चेम्जोङ – मौना बुधुक १२ं.जिम्दार : विर्ख बहादुर याखा – कुरुले तेनुपा
|
![]() |
|
|
|
|
|
![]() |
![]() |
![]() |
![]() |
|
ग) मतदान केन्द्र : चुनावीय मतदान केन्द्रहरु मध्ये पुर्वमा मिक्लुक थुम पहाडको केन्द्र आदीपुर खलङगे हाल ईलाम माङसेवुङ गा.पा.३ मा परेको थियो । पश्चीममा चौविस थुम बुढीमोरङ तूम्बारी गाउं, हाल धनकुटा सागुरीगढी गा.पा.२ परेको कुरुले तेनुपा । (ने.का.) नेपाली कांग्रेसले चलाएको नारा गीतको शैलीमा र चुनाव चिन्हको स्टाम्प ।
घ) विजय उत्सब : “धनकुटा जिल्लाका आगे बुद्धीजीवी हुं भन्नेहरुलाई पछि पार्दै नेपाली कांग्रेसले सुव्वा दगलसिं सेनको जुझारु पन र पार्टीमा ईमान्दारीताको उच्च मुल्यांकन गर्दै संसदको टीकट दिएको र सो मुल्यांकनको जनताबाट हार्दीक स्वागत भएको कुरा चुनावमा विजय भएकोले जनाउंछ ।”७ आफ्नो गाउंबाट विजय र्याली निकाली बुढीमोरङ, फाक्सिव, डांडा वजार, लाप्चेटार हुंदै राजारानी पुगी फर्केर आई अन्त्यमा डांडावजारमा कोण सभा गरीएको थियो । उक्त कोण सभामा अगाडी बस्नेहरुलाई सम्बोधन गर्नुहुदै एम.पि.स्व : डगलसि सेन लिम्बु ।
“चौविसे डांडाबजार धजेलाई व्यबस्थीत वनाउंनमा धनकुटा जिल्ला संग समन्वय गरी, विकाशको पहिलो कदम सार्नमा श्री दगलसिं सेन लिम्बुको ठुलो योगदान रहको छ ।”८ लिम्बु, राइ, मगर, गुरुङ, तामाङ सेर्पाहरुको सन्तानहरुले लेखपढ गर्न पाउंदैन थियो । साक्षर हुन सकुन भनी तीनीहरुकै पेन्सनबाट कट्टाहुने गरी सन्चयकोषको व्यबस्था व्रिटीस सरकारले गरेको थियो, व्रिटीस सरकारको अन्त पछि उक्त रहन गएको सन्चय रकमको हकमा उनीहरुका छोराछोरीहरुलाइ पढाउंन भनी द सोल्जर वोर्ड मिडिल ईङलीस स्कुल सन्चालन भएको हो । हाल सम्म यो संस्था व्रिटीस वेल फेयर ट्रष्टको रुपमा शेवारत हुंदै आई रहको छ ।
![]() |
![]() |
समाज सेवा
क) विकाशको पहिलो कदम : धनकुटाको चौविस क्षेत्रको विकाशमा सबै भन्दा पहिले पाईला चलाउंने व्यक्ती सुव्वा दगलसिं सेन लिम्बु नै थिए । “चौतर्फि विकाशमा सक्रीय दगलसिं लिम्बु शिक्षा क्षेत्रमा उक्तीकै चासो राख्नु हुन्थ्यो । देश विकासको मुल आधार शिक्षा र स्वस्थ्य नै भएकोले आफ्ना सुभेक्षुक सु.बुद्धी बहादुर चोबेगु लिम्बुको संयाजकत्वमा भुपु शैनिक गठन गरीएको थियो । सु.रुद्रसिं लिम्बु, सु.दलेश्वर लिम्बु, सु.विर्ष बहादुर याखा लगायतको सरसल्हाबाट व्रिटीस वा भारतीय भुपु.शैनिक (ईष्ट ईण्डीया कम्पनी छंदा सम्म एकै थियो) हरुको उक्त सन्चीत कोषबाट संचालन हुने गरी डांडाबजारमा वोर्ड रहने गरी ९ वटा द सोल्जर वोर्ड एम.ई.स्कुल स्थापना गर्नु भयो ।”९
ख) डिस्पेन्सरी (हेल्थपोष्ट) : डिस्पेन्सरी (हेल्थपोष्ट) माग गरेर सु.बुद्धी बहादुर चेबेगु थेगीमहाङ मार्फत उहाको छोरा माहिला भगीश्वरले संचालनमा ल्याएको हो । स्कुल र डिस्पेन्सरी संचालनको लागी स्मरण रहोस सबै भुपु शैनिक परिवारहरु ले संचालन गर्नु पर्दथ्यो । डिस्पेन्सरी संचालनको लागी सु.बुद्धी बहादुर चोबेगु थेगीमहाङको भागमा परेकोले पहिले उन्ले लाप्चेटारमा संचालन गरेका थिए । पछि छोरा माहिला भगिश्वर लिम्बुलाई संचालन व्यबस्था मिलाएको थिए ।
ग) जिष्णु(विष्णुको मुर्ति : वि.सं.२०१४ सालको कुरा, मोरङ जिल्लाको याङशिला गाउ चनौटेमा बेपत्ता भैइ रहेका विष्णुको(जिष्णु) मुर्ति भेटीएकाले बाजागाजा हर्ष उल्लासका साथ डोलीमा राखेर डांडावजारमा ल्याइएको थियो । उक्त चारहात खुटा शंख चक्र नाग (सर्प) झल्कीने मुर्तिको ठुलो महत्व बुझेर दगलसिं सेनले डोलीमा बोकेर ल्याउन लगाएको दिन ठुलो आंधिहुरीले जन्तीहरुलाई तीतर वितर वनाएको थियो । पुरातत्वबीदहरुको अनुसार त्यो मुर्ति छैठौं शताब्दीमा निर्माण भएको भन्दछन । यस्तो मुर्तिहरु भारतको एलोरा गुफा, अजन्ता गुफाहरुमा २०० ई.पुर्व देखी दशौ शताव्दी सम्मका ऐतिहासिक सत्यहरु सम्बद्ध वर्णित मुर्तिहरु कुंदेर सजाई राखेका छन् । सातौ शताव्दी पछि धातुको र ढुंगाको कैयौं मुर्तिहरु न्युयोर्क मेट्रोपोलिसन म्युजीयममा राखीएका छन् । यस्को विस्तारीत बर्णन ईतिहासमा गरीने छ ।
घ) स्कुलहरुको संस्थापक : “स्कुल (आई ए जिइ एम ई स्कुल) श्री दगलसिं सेन लिम्बु ज्युले जिम्मा लिई डांडावजारमा स्थापना गरे । साथमा छात्राबास पनि संचालनमा ल्याएका थिए ।”१० वि.सं.२००७ साल देखी वि.सं.२०१६ साल सम्म धेरै स्कुलहरुको स्वीकृती दिलाई संचालनमा ल्याउंनु भयो । एम.पि.दगलसिं सेन लिम्बुले, राजारानी डांडाबजार चौविसेमा भानु.मा.वि.वि.सं.२०११(इ.सन् १९५४)मा स्थापित भए, वि.सं.२०१६ सालमा श्री सिंहदेवी मा.वि.चौकि भन्ज्याङ जस्तै आदीपुर खलंगेमा, मोरङ पाटीगाउंको श्री सरस्वती मा.वि वि.सं २०१६ सालमा स्थापीत गर्नु भएको थियो । ६ नं.बुधबारे, हालको जनता मा.वि.चुली कन्चनपुर इलाममा जस्ता कैयौं स्थानहरुमा बुढो शिक्षा संचालन गर्दै स्कुल स्थापना गरी पाठ्य पुस्तकहरुको व्यबस्था समेत मिलाइ दिनु भएको थियो ।
ङ) स्कुल छात्रबास : “डांडाबजारमा छात्रवास २ तले निर्माण गर्नु भएको थियो, वि.सं.२०२२ सालको ठुलो आंधिहुरीले लडाइ दियो । पुन: निमार्ण गर्न कसैको ध्यान गएन । यो स्थान हालमा आएर डांडावजार गोपाल थापाको घर र क्यानबे हवल्दारको घर विचको भागमा पर्दथ्यो ।”११
च.) सहकारी संस्था एवं साझा संस्था : एम पि.दगलसिं सेन श्री ५ को सरकार सहकारी विभाग, जिल्ला कार्यालय सहकारी विभाग धनकुटाको सदस्य वि.सं.२०३३।०२।१५मा नियुक्त हुनु भएको थियो । वहाको प्रयासले सबै भुपू सुबेदारहरुबाट आर्थिक संकलन गरी डांडाबजारमा सहकारी पसल स्थापना भयो । समितीको अध्यक्ष सुबेदार बुद्धीबहादुर थेगीमहाङ र पसल संचालनका लागी स्थानीय श्री रत्न बहादुर कटुवाललाई कार्यभार सुम्पीएको थियो ।
छ) स्कुललाई जग्गा दान : चौविसे गा.पा.राजारानी साविक वडा नं.५ सिखरपुरमा बराह प्राथमिक स्कुल स्थापना गरी करीब ३ रोपनी जग्गा दान गर्नु भएको थियो । अधिराज्य भर प्राय साना स्कुलहरु, अध्ययन गर्ने बच्चाहरुको संख्या कम भई मापदण्ड नपुगेकोले खारिज भएता पनि यो आज सम्म संचालन भई रहेको छ ।
ज.) कृषि आधुनिक बगैंचा हातिटार : आठ वर्षको भारत प्रभाषको जीवन पछि वि.स.२०२५ सालको अन्त तीर आफ्नो गाउं फर्कि आउनु भयो । वि.सं.२०२६ सालमा हालको सागुरी गढी गा.पा.५ डांडावजारको साविक वडा नं.२ हातीटार भन्ने जग्गा करीव ६० रोपनि जती खरिद गरी उक्त स्थानमा स्याउको परिकार, दाती ओखर, नास्पाती र आरु जस्ता फलफुलहरुको आधुनीक बगैंचा लगाई बस्न थाल्नु भयो । समाजमा नयां कृषि पद्धती अपनाई आर्थिक आय आर्जनको बाटो देखाउने चाहाना गर्नु भयो । त्यो उहाको महान विचारलाई अनुसरण गर्ने मान्छेहरु कमैमात्र हुथ्यो । उहांलाइ सहयोग गर्ने छिमेकी धर्म बहादुर राइ र उन्का परिवारलाई केही जग्गा निशुल्क दिनु भएको थियो ।
झ) साझा संस्थाको स्थापना र सदस्यता पत्र : वि.सं.२०११ सालको वर्षा याममा ५ दिन ५ रात अविरल मुसलधारे पानी पर्यो, परिणाम स्वरुप ठुलो जन, धन, र अन्नको क्षेती हुन पुग्यो । त्यहाको बाटो, घर जग्गा बारी नाम निसान कुनै रहेन, बांचेका गाउंलेहरु बसाई हिंडे । यो पहिरो जान थालेको पनि यसै साल देखी हो । यो साल जताततै भोकमरीको समस्याले पिडीत हुंदा क्षेतीको स्वरुप जटील भएकोले सर्जिमीन मुचुल्काको आधारमा तालुकदार सुब्बा दगलसिं लिम्बु मार्फत सरकारमा जाहेर गरी राहत स्वरुप उसीना चामलको बोराको बोरा, अमेरिकन मकैको बोरा, गहुंको बोरा उपलव्ध गराउनु भइ, सुफत मुल्यमा जनताहरुलाई वितरणको व्यबस्था मिलाउंनु भएको थियो । पछिल्लो स्वरुप साझा संस्था वि.स.२०३३ सालमा स्थापित हुन पुग्यो । आज टेनीस हल हुंदै पुल हाउस बनेको छ ।
चौविसे राजारानी डांडाबजार मिडील स्कुल भवन र बेगना स्कुल भवन निर्माणको लागी कोष व्यबस्थापन गर्न माननिय खाध्य तथा कृषिमन्त्री ज्युलाइ वि.सं.२०१६ साल तीर प्रदेश संसदीय सदस्य क्षेत्र नं.२७ बाट दगलसिंसेन लिम्बुले पेस गरेको पत्रको कपी ।
१.द सोल्जरस् बोर्डस् एम ई.स्कुलको परिचय :–
व्रिटिसले सन १८५८ देखी सन १९४७ (वि.सं.१९१५ देखि वि.सं.२००४ साल सम्म) करिव ९० वर्ष सम्म भारत भुमीमा ईष्ट ईन्डीया कम्पनिको नाउमा सोझै ब्रिटेनबाट साशन गर्दथ्यो । भारतले १५ अगस्त १९४७ मा व्रिटीस साम्राज्यबाट स्वतन्त्रता प्राप्त गरेको थियो । यो दिनले व्रिटीस राजको अन्त, भारत र पाकिस्तान २ देशको भिन्नतालाई स्मरण गर्दछ भने भारतीय स्वतन्त्रता दिवसलाई पनि सम्झना गराउंद छ । जुन बेला दोस्रो विश्व युद्ध सन् १९३९ सेप्टेम्बर महिना बाट सुरु भै रहेको थियो जस्को सम्बन्ध भारतीय स्वतन्त्रता संग्राम संग जोडीएको थियो । ब्रिटीस भारत नछुटी कन दोस्रो विश्व युद्ध पुर्व भर्ति भएका नेपाली (गोर्खाली फौज) लाहुरेहरुको हितकोष ब्रिटीस सरकारले व्यबस्था गरेको थियो । भारत छोडी जांदा लाहुरे र उनीहरुको हितकोष पनि छोडेरै गए । त्यसबेला अंग्रेजको भारतमा, राणाहरुको नेपालमा हुकुमी निरङकुस सासनले शिक्षा विहिनको अवस्था थियो । लेखपढ गर्न पाउंदैन थियो शिक्षा नै मुल धन भएकोले । तिनीहरुको हितकोषले तिनीहरुबाटै संचालन गर्न पाउनु पर्ने व्यबस्था मिलाउंन दिल्ली
जुहारलाल नेहरु सुवर्ण सम्सेर, विपि कोईरालाहरुको सहकार्यबाट आफ्नो क्षेत्रमा जम्मा ९ वटा द सोल्जरस् बोर्डस् मिडील ईङलिस.स्कुलका कोटाहरु ल्याउनु भएको थियो ।
२.शिक्षाको ज्वोती ल्याई दिने दगलसिं सेन– “सोल्जर वोर्डको कोटाबाट स्कुल नभएको मिक्लुक पहाडको खलङगेमा पनि बुढो शिक्षाको केन्द्र खोली दिनु भयो । पढनलाई वोर्डबाट किताव उपलव्ध गराई दिनु भयो । बुडा बुढीले पढ्ने सिक्ने ठुलो अवसर दिनु हुने शिक्षाको ज्वोती ल्याइदिने दगल सिं सेन हुनुहुन्थ्यो ।”१२ “एम.पि.दगलसिं सेन थेगीमहाङ लिम्बुले डिस्ट्रीक सोल्जर वोर्डको संन्चालनको लागी जिम्मा लिई स्थापना कालबाटै कार्य संचालन गर्न सेक्रेटरीको आवश्यकता परेको हुंदा आफ्नै छोरा जेठा आर्मि श्री हंस बहादुर लिम्बु् जो व्रिटीस सेनामा कार्यरत छंदै नाम कटाई बोर्ड सेक्रेटरीमा नियुक्ती भइ काम गर्नु भएको थियो ।”१३ देखभालको काम गर्दा गर्दै उहालाइ सबैले सेक्रेटरी भन्न थाले, पछि जिल्ला पंचायतको सदस्य सम्म रहनु भई समाजको सेवा गर्नु भएको थियो । श्री ५ विरेन्द्र विरविक्रम शाहदेवको शुभ जन्म जयन्ती समारोहमा फुलमाला अविर राष्ट्रिय झण्डातोलन गर्दै जिल्ला पन्चायत सदस्य श्री हंस बहादुर थेगीमहाङ चोबेगु लिम्बु । टाटेकोट पहिरनमा तत्कालीन डाडाबजार गाउं पन्चायतको प्रधान पञ्च श्री भगिश्वर थेगीमहाङ लिम्बु ।
३.) संसदीय सरकार विघटन पछि : श्री ५ महेन्द्र राजाले वि.सं.२०१७ साल पुष १ गते संसदीय सरकार विघटन गर्र्यो, महेन्द्र राजाको कुठाराघात कदमले अराष्ट्रीय तत्व भनी सबै जन नेताहरुलाई धर पकड जेल चलान, गोलीहानी हत्या गर्ने, देश द्रोहीको आरोमा गिरफ्तार गर्ने, टाउकाको मोल तोक्ने अर्का तीर सुभाङगीहरुको भु–स्वामित्व क्रमस समापत पार्दै लाने जस्ता प्रशासनिक कदमले प्रजातन्त्र समाप्त हुंदै राजतन्त्र बलियो हुंदै गयो ।
४) दगलसिं सेन लिम्बुलाई पक्राउ पुर्जी : एम.पि.दगलसिं सेनलाइ महेन्द्र राजा बाट पटक – पटक वारेन्ट गरीएको थियो । “वि.सं.२०१८ पुष ५ गते सेनानी दगलसिं सेनलाइ धनकुटाको मुलघाटमा पक्री धनकुटा गौडामा ल्यायो । म हरी प्रसाद दहाल, देवान दोर्जे, लिलानाथ दहाल, ज्ञान बहादुर भट्टराइ गरी ५ जनालाइ अघिल्लो दिन ४ गते नै जेल हालेको थियो । २ महिना १५ दिन जेल बसे पछि काजीमान कन्दङवाले कार्यालयमा कबुलनामाको कागजात गराइ हामी सबैलाई जेलबाट मुक्त गराइयो ।”१४.
५) प्रभाशी जीवन : हामी सबैको १ रात संगै बास बस्ने सल्हा भए बमोजीम , दगलसिं सेन दाइले के भन्नु भयो भने, अब हामी सबै दार्जिलिङ जाउं प्रवासमै बसेर भए पनि देशमा पुन : प्रजातन्त्र ल्याउनका लागी संगठन विस्तार गरौं भन्नु भयो । घर जानुको साटो हामी सबै भोली पल्ट विहानै धनकुटाबाट — हाक्पारा (छथर–तेह्रथुम) हुंदै पान्थर भदौरे पद्मसुन्दर लावतीको घरमा पुगी बास वसौं । भोली विहानै त्यहाबाट विदा मागी सारतापको बाटो हुंदै जांदै गर्दा उताबाट आउंने बटुवाले साही सेनाहरु आउंदै छ है भनेर सुनाए नभन्दै आउंदै गरेको खेखियो । दगलसेन दाइले ल केटा हो यो छेउको खोलामा माछा खोजे जस्तो जीउमा अली अली हिलो दल्नु भन्नु भयो । सोही निर्देसन अनुसार हामी एकोहोरो माछा मारे जस्तो गर्दै वरपर सर्दे गरेउ नभन्दै सेनाहरु आइ पुग्यो उनीहरु आफ्नो बाटो लाग्यो, एक छिन पछि हामी पनि खोलाबाट निस्की आफ्नो बाटो लागीयो । हामीले फेरी के सल्हा गर्यौं भने बाटामा कसैले सोधे भने, गोरु व्यापारी है हजुर....भनौ भन्ने सल्लाह भयो । २ दिन पछि बल्ल दार्जिलिङ पुगीयो, खान बस्नको चिन्ता मलाइ लाग्दै थियो । तर हामी भन्दा पहिला पुग्नेहरुमा ईलामको के.पि.पान्थरको भु विक्रम नेम्बाङ, दिव्य विक्रम नेम्बाङहरुलाइ भेट्न साथ सारै खुसी लाग्यो । हाम्रो बसाइ खुवाइ दार्जिलिङ चोकको दिलखुस होटलमा, भु.पु आर्मिहरुको टोली गुम पहाडमा र सबैलाई शिलीगुडीको प्रधान नगरमा राख्ने व्यबस्था रहेछ । दगलसिं सेन लिम्बु चाही दार्जिलिङ र बागडुग्रा ८ वर्ष भारत प्रभास भई बस्नु पर्र्यो ।
६) पुर्वाञ्चल स्तरीय कमिटी गठन : “यो कमिटी गठन गरे पछि कल्कतामा सुवर्ण सम्सेर लाइ बुझाउन गयौं । समितीलाइ मान्यता दिंदै बाटो खर्च समेत दिनु भयो र हामी पुन : दार्जिलिङ फर्कि आयौं । ३–४ महिना पछि सम्मेलनमा भाग लिन भनी अध्यक्ष र कोषाध्यक्ष पटना सम्मेलनमा जानु भयो । हामी आ–आफ्नो तोकीएको क्षेत्रहरुमा संगठन विस्तार गर्न आफ्नो जिल्ला तीर लागीयो । ।”१५
१.अध्यक्ष श्री दगलसिंसेन लिम्बु, धनकुटा २.उपाध्यक्ष.श्री पदमनाथ रेग्मी, तेह्रथुम ३.सचिव श्री हरि प्रसाद दहाल, तेह्रथुम ४.कोषाध्यक्ष श्री भु विक्रम नेम्बाङ, पान्थर ५.सदस्य श्री सुर्यविक्रम गुरुङ, इलाम ६.सदस्य श्री दिव्य विक्रम नेम्बाङ, पान्थर |
७.सदस्य श्री मान बहादुर तामाङ ८.सदस्य श्री देवान दोर्जे, पान्थ्र ९.सदस्य श्री मछिन्द्र केरुङ, पान्थर १०.सदस्य श्री हस्त सेन, धनकुटा ११.सदस्य श्री लाल ब.चोबेगु धनकुटा १२.सदस्य श्री डम्बरजंङ चोबेगु, धनकुटा |
७) अराष्ट्रीय तत्व : सम्मेलनबाट फर्की आए पछि आन्दोलनले नयां मोड लियो । प्रचार प्रसार र संगठन निर्माण कार्य जारी थियो । “दगलसिं सेनको भेटे टाउको काटी ल्याउंने आदेश राजा महेन्द्रले जाहेर गरेको थियो । वहा भागी लुकी छिपी पुर्वाञ्चलको जंगलहरुमा प्राय रहनु हुन्थ्यो । धनकुटाको मिक्लुक थुम देउराली भन्ज्याङ जेभालेको जंगलमा कैयौ दिन रहनु भएको थियो । त्यहाबाट पुर्व सर हुंदै जांदा १ दिन हालको माङसेबु्ङ गा.पा.३ आदीपुर खलंगेमा अम्बर बहादुर सावाको घरमा २ जना साथी को साथमा आउनु भइ हप्ता दिन जती बस्नु भए पछि, मलाइ ससुरा अम्बर बहादुर सावाले ज्वाइ उहाहरुलाइ सालो साथमा २ जनाले मेची कटाइ फर्केर आउनु भन्नु भयो । यो वि.सं.२०१८ जेष्ठ महिनाको कुरा हो । घरबाट म र (सालो) भाइ १ नं.पलासे हुंदै अघिअघि उहाहरु ३ भाइ पछिपछि गरुवा लोदिया भन्ने गाउंमा पुग्दा रात परे पछि १ चेप माछा खाना पकाइ खांदा रात झमक्क पर्र्यो, लौ केटा हो बाटो लागौं भन्नु भयो र हामी फेरी त्यहाबाट हिड्न थालीयो । गरुवा खोला तरे पछि दगलसिं सेनले भन्नु भयो, तेक्ष्बे चगिक्कन् िलतेस् साथी माल निकाल भन्नु भयो र गोली लोड गर्न थाल्नुभयो अनी केटा हो अव डराउंनु पर्दैन है भने पछि मात्र हामी सालो भेनालाई उहाहरु संग पेस्तोल छ भनेर थाहा भयो । रातको १ वजे तीर सुखदानी हुंदै मदनपुर डबली सुव्वा भु विक्रम नेम्बाङको गाउंमा पुगीयो । फेरी गाउंको बाटो छोडी जंगलै जंगलको बाटो हिड्न लागीयो केही वेर पछि दगलसिं सेनले सोधनु भयो हामी कुन ठाउंमा पुगीयो..? हामी सालो भेना लाइ के थाहा : रातीको कुरा थाहा भएन हजुर भनीउ... तेतिकैमा उहाले सामान निकाल्न लगाउंनु भो र हेर्दै भन्नु भयो की ए...ठिक पुर्व दिसा जांदै रहेछौं भन्नु भयो । हामीले हजुर त्यो के होभनी सोध गर्दा वहाले कम्पास हो भन्नु भयो । हाम्रो गन्तव्य जारी हुंदै गर्दा अगाडी विरी टाडी नागी टप्पु भन्ने ठाउमा पुगी एकछिन आराम गरेको भुसुक्कै निदाइए छ । उज्यालो भै सकेको रहेछ हतार गरी उठेर फेरी बाटो लागियो...हडीया बुधबारे छेउ पुग्दा जुवाइ यो झोला एकछिन वोक्नु भनी दिनु भयो ११ केजी जती थियो होला । छिरुवा जंगल नजीकै पुगे पछि भालेको मासु भात पकाइ खाई खाइवरी नेवारको घरमा सुत्ने बेलामा हामी सालो भेनालाई दगलसिं सेनले सोध्नु थाल्नु भयो की छिरुवा जंगलबाट मेची वोर्डर नाग्नु डरमर्दो छ संका लागे पक्रिने ठाउं हो, कुन उपाय लगाउंदा सजिलै छिर्न सकिन्छ ? झोला बर्कोले छोपेर टोपी फुकाली बुढो विरामी मान्छे जस्तो लौरो टेक्दै कनीदै पछि पछि आउंनुस हामी अघि गएर चुरोट विडी किने जस्तो गरी पर्खन्छौं...भने पछि योजना अनुसार वोर्डर तर्न सफल भयोैं । मेची खोला तरे पछि एक छिन विसाउ है भन्दै बर्को विछाएर ग्रिनेट, बम, पेस्ताल, गोली र औषधि निकालेर घाममा सुकाउंनु भयो । त्यहाबाट पानी घटा पुगी विहानको खाना पकाइ खाईयो, दिनको २ बजे तीर एक छिन आराम गरे पछि हामी सालो भेना र दगलसेनले उतै बाट ल्याउनु भएको १ जना भरिया समेत गरी हामी ३ जना त्यहाबाट घर पर्कि आयौं । म र मेरो बहिदार दार्जिलिङ जान्छौं भन्दै हामीलाइ विदा दिनु भयो ।”१६ “दगलसेन लाई राजनैतिक कारणले प्रजातन्त्रका सेनानी भनेर सबैले चिन्दछन, जस्ले प्रजातन्त्र पुन: स्थापनाको लागी महेन्द्र राजाले टाउकाको मुल्य तोकेर अराष्ट्रीय तत्व घोषणा गरी जहाँ भेटे टाउको काटेर ल्याउनु भन्ने आदेश हुंदा पनि जंगलहरुमा छिप्दै लुक्दै प्रजातन्त्र पुन: प्राप्तीको लागी निरन्तर प्रयास गर्ने पल्लो किरात लिम्बुवानको सुव्वा दगलसिं सेनलाई प्रजातन्त्रको सेनानी भनेर नै नेपाली जनताहरुले आज सम्म सम्झनु पर्दछ ।”१७
८) बडीगार्ड भगीमान मुसङ : “वि.स.२०१८ सालको कुरा हो, म २२ र २३ वर्षको जवान लप्का थिए । साथी भाइहरुको लहैलहैमा कपडा किन्न भनेर धरान जांदै थियौं, ओख्रे बाटोमा चीनेका खुवाफोके अलाईचे माइला, कान्छा, तीनघरे काईला, साप्तेङगे माईला अनी राजारानी तीलीगाउंका नारान प्रसाद नोगु यती भई बाटामा गफ गर्दै जांदा नेपाली कांग्रेसमा सबै सामेल हुने अनि क्रान्ती गरी प्रजातन्त्र ल्याउंने भन्ने कुरा भए अनुसार हामीलाई नारान प्रसाद नोगुले प्रतिनिधित्व गरेको थियो । धरानमा बास वसी भोली विहानै विराटनगर हूंदै जोगबनी–फारबेश गन्ज–कटीहार–शिलीगुडी अनी दार्जिलिङको गुन्दी बजार पुग्दा त पेवाना कै लाल प्रसाद चोबेगु थेगीम(मौलाने काईला),हस्त बहादुर सेन चोबेगु, जम्दार सेर बहादुर याखा, आइत प्रसाद याखा, मेजरध्वोज देवानहरुलाई भेट्दा खुसीले हिम्मत आयो । हामी सबै गुम को चरीमाया लिम्बुनीको होटलमा खाने बस्नेको व्यबस्था भयो । हप्ता दिन बसे पछि चौविस सोक्रोपाको बस्ने हस्त बहादुर लिम्बुले हामी सबैलाई हतियार चलाउंने ट्रेनिङ दिनु भयो र विभागीय कार्य विभाजन हुंदा म कमाण्डर दगलसिं सेनको अंगरक्षक मा परेको थिए । वि.स.२०१९ सालको दसैंमा घरबिदा मागी टिकाको दिन आई पुगें । आएको ५ दिन पछि, राज्य पक्षमा सिआडीको काम गर्नेहरुमा चौकी हवल्दार देशमल थेगीम, पोखरी कान्छा र खुवाफोक बस्ने जीरे भन्ने मान्छे थियो । चौकी हवल्दार देशमलले मलाई पक्री डिएसपी कार्यालय धनकुटामा पुर्याइ थुनामा राखे पछि पुलीसहरुले पालै पालो दैनिक कुट पीट गर्न थाल्यो । दगलसिं सेन कहाँ छ भन.... भन्दै यातना दिन थाल्यो । मलाई कहा बस्छ के खान्छ केगर्छ केही थाहा छैन हजुर...भन्दै टारें । अब उप्रान्त देश द्रोहीमा लाग्छस की लाग्दैनस भन्दै तांबाको पैसा टोकाइ कसम खुवाए । केही सिप नलागे पछि...प्रलोभन देखाउंदै...बताईस भने रु.५०,०००।—को ईनाम दिलाउंछौं भन्दा पनि बताउंन सक्दीन हजुर भनेर टारें । अब देखी नेपाली कांग्रेसमा लाग्दीन भनी कबुलनामा सहीछाप गराए पछि फुकुवा भइ घरमा आए । एक्लो छोरो भएको कारणले बुबा आमाले पनि रुंदै छोरा यस्तो काममा नलाग भन्नु भयो । अनि निस्कृय भइ बस्न थाले, कांग्रेस हुनलाई ज्यानको बाजी थाप्नु पर्दथ्यो ।” १८
पुन : प्रजातन्त्र स्थापनाको प्रयास
“वि.स.२०१७ सालको महाधिवेसन काठमाण्डौमा हुदा दगलसिं सेन जी संग मेरो पहिलो भेट भएको थियो । त्यस पछि केन्द्रीय स्तरको मिटीङहरुमा हाम्रो भेटघाट भईनै रहन्थ्यो । सम्मेलन पश्चात पुस १ गते महेन्द्र राजाबाट शैनिक सासन लगाइ संसदीय सरकार विघटन गरी आफ्नो हातमा शत्ता लिए पछि, पार्टीका नेता कार्यकर्ताहरु सबैलाइ धरपकड सुरु गरी जेल कोच्न थाले हामी अण्डर ग्राण्ड भयौं । तेस बेलाका प्रख्यात कांग्रेसीहरु सेनानी दगलसिं सेन लिम्बु, पदमनाथ रेग्मी, तेजमान सङवाम्फे र सुर्यमान गुरुङ थिए । तत्काल सुवर्ण सम्शेर राणाले आफ्नो पार्टी कार्यकर्ताहरुलाइ प्रेस मार्फत राष्ट्रीय संकट कालीन, राष्ट्रीय भेला विहारको पटनामा बोलायो । सो भेलाले प्रजातन्त्र पुन: स्थापना गर्न संघर्षको नया कार्यनिती तय गर्नको लागी कार्य बाहक सभापतिमा सुवर्ण सम्शेर लाइ नै सर्ब सम्मतीबाट चयन गरीयो । हामी आ आफ्नो जिल्लाको ईन्चार्ज भइ छीमेकी जिल्लाका साथीहरु संग समन्वय गरी संघर्षको लागी तयार हुने क्रममा दगलसिं सेन लिम्बु संग भेटभई क्रान्तीलाई सफल बनाउन नेपालमै संकलीत भएको हतियार, रंगेलीमा रहेको केही हतियारहरु दगलसिं सेनको टोलीलाइ दिने भनी म र केशव कोइरालाले जिम्मा लिएका थियौं ।”१९
कालो कोट दगलसिं सेन, छेउमा सेतो सट पेन्ट केशव भट्राई र कालो चश्मा टोपी गिरिजा कोइराला
क) सशस्त्र क्रान्ती : “वि.स.२०१८ सालको ससस्त्र क्रान्तीको क्रममा पान्थर सिलौटी क्षेत्रमा सक्रिय हुनु भएको थियो । पछि पार्टीले वोलाए पछि त्यहाबाट फाक्तेव, आङसराङ, माङजाबुङ, सराङडांडा, आरुबोटे कुरुम्बा हुंदै तराई भएर बाहिर निस्कनु भएको थियो । वहालाई त्यस बेला चन्द्रसेर आङदेम्बेले सहयोग गर्नु भएको थियो ।”२०
ख) वि.सं.२०१९ सालको आन्दोलन : “पार्टीको निर्देशन अनुसार मेरा कव्जा गर्ने जिम्मा फिदीम बजार थियो, दगलसिं सेनकोधनकुटा परेको थियो । धनकुटाबाट फर्कंदा मेरो घर आङसराङमा १२ जना आफ्नो मुक्ती सेनाहरु साथमा लिएर आउंनु भएको थियो । म त्यस बेला वडाध्यक्ष भई जसरी भए पनि पार्टीलाइ सहयोग पुर्याउंथें ।”२१
ग) जोगबनी बोर्डर : “महेन्द्रको प्रजातन्त्र समाप्ती कदमको क्रममा,वि.स.२०१७ फागुन १५ तीर दगलसिं लगायत नेताहरुलाई खोजी खोजी पक्राउ गर्दै गरेको बेला वहा पनि लुक्दै छिप्दै धरान पुग्नु भयो । धरानको साथीहरुको सहयोगले विराटनगर पुगेपछि त्यहाको कांग्रेसी साथीहरुले वहालाई थारुको पहिरनमा गोरु गडामा १ जना थारुनी र अरु २ जना थारु साथी सहित जोगबनी बोर्डर कटाएको पुर्व स्मृती उहांले मलाइ सुनाउंनु भएको हो ।”२२
दगलसिं सेनको स्वभाव भेटघाट बाट
पहीलो भेट – “बाटो भरी मेरो मनको नदीमा बाबै तरंग भएर वगीरहे । ईतीहास रच्नेहरुको परिचयमा भुत, वर्तमान र भविश्य त्रिकाल नै बोल्छ । दगलसिं बा ईतिहास रच्ने मानिस हुन । प्रजातन्त्र ल्याउंन मरे मरिन्छ, बांचे राणा शासन उखेलिन्छ भनेर हतियार उठाउंने दगलसिं बा एक प्रजातन्त्रका सेनानी क्रान्तीवीर थिए । वहा नमुनाका पात्र थिए, पहिलो भेटमा यस्तो लाग्यो उहांको नामसुवास लाई उनको शरिरले फिटीक्कै म्याच नगरेको जस्तो, ग्यांचे ग्यांचे शरिर बुढै अवश्थाको देखेनु हुन्थ्यो । परम्परागत झोला दोकांधमा भिरेर हिड्ने, छांट नमिलेको जस्तो लाग्ने दौरा सुरुवाल जुवारीकोट लगाएको । टाउको पछिल्तीर ढल्केको घुमैलो ढाका टोपी । तालुको कपाल जुरुक्क भएर अलिकती बाहीर निस्केको । अर्धाना चप्पल भित्र फुटेका खुट्टा खुबै काम समाएका जस्तै देखिने मोटा छोटा हातपाउको औलाहरु । बान्की नमिलेको अनुहार जस्तै लाग्ने । अरुको कुरा ध्यान दिएर सुन्ने जरुरी कुरा बाहेक गफ नगर्ने झलक्क देख्नेले सुस्तमनको हो की झैं लाग्ने । मलाई यस्तै भो तर बुझदै जांदा मुना मदन सम्झन पुगे, मानिस ठुलो लुगाले हैन कर्मले हुदो रहेछ । उनी समाजका विश्वास पात्र, गरीवहरुका भरोसा रहेछन ।”२३
दोस्रो भेट – “दगल सेन जी लाइ सबै पार्टीका कार्यकर्ताहरुले विस्वास गर्ने र मनपराउंने,कम वोल्ने वोलेको पुर्याउंने अनी अर्कार्ला कहिल्यै असर नपुराउंने सामान्य व्यबहार आफु भन्दा मुनीका संग पनि हेलमेल हुने सबैले रुचाउंने अनी विस्वास गर्थे । पार्टीबाट फाइदा नलीने बरु पार्टीलाइ ठुलो योग दान दिने व्यक्तीको रुपमा मैले पाए ।”२४
तेस्रो भेट – “कम बोल्ने सरल स्वभावको मिलनसार,पार्टी प्रति सक्रीय इमान्दार कटीबद्ध र निष्ठावान हुनुहुन्थ्यो । आफ्नो जीवनकालमा धेरै जनहितका कामहरु गर्नु भएको थियो । धनकुटा जिल्लामा लोक पृय नेताको रुपमा नाम परिचीत छ ।” २५
चौथो भेट – “दगलसिं सेन बा मा सामान्य र विलक्षणको समिश्रण थियो । रिसाएर उत्तेजीत नबोल्ने, कठोर निर्णय पनि सहज रुपमा गर्नु हुन्थ्यो । जातीवाद विरोधि हुनु हुन्थ्यो, सबै रैतिहरुलाई दु:ख दिनु हुंदैन भन्नु हुन्थ्यो । वहाको अर्को विषय आफ्नो वंसको ईतिहास पुरात्तव खोज अनुसन्धान पनि गर्नु हुन्थ्यो ।” २६
म कैंला छोरा पटिको जेठा नाती र मैला छोरा पटिको कान्छा नाती हामी २ जना दाजुभाइलाई मुल घरको मुण्डामा १ दिन बेलुका तीर बोलाउंनु भयो,(त्यस बेला ५,६ वर्ष का थियौं होला) र भन्नु भो...दुइ जना मध्ये को राम्रो नाच्न जान्ने छ दुबै जना नाच त: भनेर नाच्न लगाउंनु हुन्थ्यो । आज सपना जस्तो लाग्छ । ढोल नाच्न देखि नृत्य प्रति बाजे दगलसिं सेनको पनि मोह थियो भन्ने प्रस्ट छ ।
गाउँ फर्क अभियान
१.प्रभासबाट घरमा : “वि.सं.२०२५ सालमा महेन्द्र राजाले गाउफर्क चलाए, पछि तेसै साल केही साथीहरु फर्कीए, बांकी वि.सं.२०२६ साल तीर मात्रै सबै स्वदेश फर्की आए । इलामको चुलाचुलीमा वि.सं.२०२७ सालमा भुमी सुधार नापी आएको बेला केही समय उतातीर जानु भएको थियो । वि.सं.२०३३ सालमा वि.पि.ले राष्ट्रिय मेलमिलाप वातावरण तयार गरे र नेपाल आए पछि ज–जस्लाइ पन्चायतमा लाग्न सहज हुन्छ, लाग्नु तर भित्रीबाट कांग्रेर्सलाइ सदैव साथ दिनु भन्ने निर्देसन भएकोले कैयौ पन्चायत व्यबस्था तर्फ उन्मुख भएको हो ।”२७
दुई नातिनी, एम पि दगलसिं सेन छोराहरु जेठा,मैला र काईला छोरा
२) वि.सं.२०३६ सालको जनमत संग्रह : “वि.सं.२०३६ सालमा राजा विरेन्द्रले पन्चायती व्यबस्था (नीरदल पहेंलो रंग) र बहुदलीय व्यबस्था (बहुदल निलो रंग) वीच जनमत संग्रह गराउंने घोषणा गरे । ०३७ साल बैषाख २० गते जनमत संग्रह सुव्यबस्थीत गराउंने प्रचार प्रसार समितीका जिल्ला उपाध्यक्ष मलाइ बनाउंनु भएको थियो । उहा अध्यक्ष आफै तम्बरपारीको क्षेत्रमा सहयोग गर्नु भइ ठुलो भुमीका खेल्नु भएको थियो । त्यस बेला सम्म बेला बेलामा हामी उहालाई भेट्न जान्थ्यौं । हरेक कुरामा हामीलाई वहांले निर्देशन दिनु हुन्थ्यो । व्यक्तीगत स्वार्थ भन्दा माथि उठेर पार्टीलाई बलीयो बनाएर प्रजातन्त्रलाई मजबुत गराउंनु पर्छ भन्नु हुन्थ्यो । वहा एक निष्ठावान राजनितीज्ञ हुनु हुन्थ्यो । यस्तो महान नेताको इतिहास हराउंन लागेको देख्दा साह्रै दु:ख लागेको छ । वहाको ईतिहास हराउंनु भनेको पुर्वाञ्चल कै इतिहास हराउंनु हो । यस्तो व्याक्तिहरुको पार्टी एवं देश दुबैले कदर गर्नु पर्दछ ।” वि.सं.२०३६ सालमा भएको जनमत संग्रहमा उहाले बहुदल व्यबस्थालाई रोज्नु भएको थियो, स्वयं धनकुटा विज्ल्ला बहुदल प्रचार समितीको अध्यक्ष भइ काम गर्नु भएको थियो ।
३) वहाको निधन : उहा ईलाम चुलाचुली आउंदा जांदा बेलाबेलामा आफ्ना रैती शुभ चिन्तकहरुलाई भेट्न केराबारी, आम्जुंगी डांगी सतिसाले सम्म पैदल घुम्न आउंनु हुन्थ्यो । केराबारीमा बस्ने मुखीया चक्र बहादुर भण्डारीको घरमा तीन चार दिन सम्म बसेर सतिसाले हुंदै पहाड जानु हुन्थ्यो । पहाडमा रहंदा मैला छोरा प्रेमसिं सेन निकट भै बस्नु हुन्थ्यो भने तराइमा छंदा सैंला छोरा भुवन सिं सेन निकट भएर बस्नु हुन्थ्यो । पछिल्लो समयमा हातीटार बगैंचा फलामे काडेंतार कम्पाण्ड गरी रेखदेखमा एक्लै रहन थाल्नु भयो । त्यहा एउटा याक्सा जस्तो २ कोठे घर र बगैंचा रेखदेख गर्न सजिलोको लागी बारीको वीचमा अर्को कुटी निर्माण गर्नु भएको थियो । कुटी भित्र लुकेर बगैंचामा फलफुल चोर्न आउंने २ पाउ, ४ पाउहरु कांचो मटेंग्रा गुलेली प्रयोग गरी धपाउंनु हुन्थ्यो । बगैंचा दक्षिण तीरको भाग उच्च डांडामाथि रमिते चौतारा निर्माण गर्नुृ भएको थियो । बगैंचा रेखदेख गर्दा गुलेली मटेङग्रा झोला भिरेर अनुगमन गर्नु हुन्थ्यो । वि.सं.२०४३ साल देखी अश्वस्थ्य भई उपचारको क्रममा वि.सं.२०४३ जेष्ठ १६ गते सुक्रबार ८२ वर्षको उमेर पुग्दा वहाको निधन भयो । १७ गते शनिबार तम्मर नदीमा दाह संस्कार गरी यो सन्सारबाट विलीन हुनु भयो ।
सेनानी एम.पि.स्व: श्री दगलसिं सेनको सम्झनामा
नेपालको राजनितीक ईतिहासमा गोर्खा शाही र राणाहरुको निरंकुस सासन अन्धकारको युग कालिन अवस्था देखी, स्वतन्त्र प्रजातन्त्र प्राप्तीको लागी, अनी मकवानी सेन किरात रितीथीती संरक्षण गर्दै लिम्बुवानको भु– स्वामित्व मुक्तीको लागी पल्लो किरात ( लिम्बुवान) मा निरन्तर वि.सं.२००७ साल देखी क्रान्ती गर्नु भयो । सच्चा देश प्रेमी स्व : सेनानी एम.पि.श्री दगलसिं सेन लिम्बु वुर्वाञ्चलमा पहिलो सफल राजनैतिक नमुनाको रुपमा खडा हुनुहुन्थ्यो । उहाले चौविस थुम लगाएत पल्लो किरात लिम्बुवानलाई ठुलो योगदान दिएर जानु भयो ।
क)सहिद सेनानी पार्क : पिता दगलसिं सेनको सेस पछि वि.सं.२०५२ सालमा उहांको सम्झनामा ६ भाइ छोराहरुको अंस भागीबाट ५ रोपनि जग्गा चौविसे उद्यान समिती को नाउमा रजिस्ट्रेसन पास भई यो सहिद सेनानी पार्क निर्माण भएको हो । यस भित्र वि.सं.२००७ साल देखि नेपाली कांग्रेसले यस क्षेत्रमा वि.सं.२०१५ साल सम्म अगुवाई गर्दै आउंदा सेनानी दगल सिं सेनको अभिमतमा साथ र दिलो ज्यान दिनु हुने सहिदहरुको अर्धकद ५ प्रतिमाले सजाईएको यो शहिद सेनानी पार्क हो ।
सेनानी एम.पि.स्व: श्री दगलसिं सेन लिम्बुको प्रतिमा, सागुरीगढी ५ हात्तिटार
१.सहिद नारायण प्रसाद नोगु लिम्बु, ज.१९७८ सहादत.२०१९, रघुवा खोला धनकुटा
२.सहिद प्रजालाल राइ,,ज.२००७ सहादत .२०२०, ओखलढुंगा
३.सहिद वखतजंग पापोहाङ लिम्बु, ज.१९६७ सहादत .२००७, झापा
४.सहिद डगलसिं चेम्जोङ, ज.२००५ सहादत.२०५८, मैना बुधुक लोफादेन
५.सहिद राधाकृष्ण श्रेष्ठ, ज.१९९४ सहादत.२०३०, मोरङ विराटनगर
ख) शालिकहरुको अनावरण : गणतन्त्र दिवशको सुखद अवसरमा नेपाली कांग्रेस नेता पूर्व खाने पानी तथा रससफाई राज्य मन्त्री दिपक खडेका ज्यूबाट सहिद एवं सेनानी हरुको शालिक अनावरण कार्य ससम्पन्न गरियो । इति सम्बत २०७६ जेष्ठ १५ गते रोज ४ शुभम ।
ग) सहियोग दाताहरुको नामावली :
१.राज्य मन्त्री श्री दिपक खड्का, संखुवा सभा रु.७५,०००।००
२.श्री कमोट कुमार फागो, चैविसे ३ कुरले धनकुटा रु.७५,०००।००
३.श्री माया तुम्बापो, चैविसे राजारानी शिद्धीपूर रु.१०,०००।००
४.श्री दिलमती चेम्जोङ, चैविसे बसन्तटार रु.१०,०००।००
५.श्री मनोहर नारायण श्रेष्ठ, धनकुटा नपा.६ रु.५,०००।००
६.श्री अग्नी प्रसाद पौडेल, महालक्ष्मी ७ धनकुटा रु.५,०००।००
७.श्री विजय सन्तोसी राई, धनकुटा नपा ७ रु.५,०००।००
८.श्री जितेन्द्र राई, सागुरीगढी ६ नाम्जे रु.५,०००।००
९.श्री शोभा पालुङगो, मोरङ उर्लाबारी ५ रु.५,०००।००
१०.श्री हर्कमान चेम्जोङ, चैविसे गापा ७ रु.५,०००।००
११.श्री नेपालधन राई, सागुरीगढी ९ धनकुटा रु.५,०००।००
दगलसिं सेन लिम्बुको परिवारबाट सहियोग दिने दाताहरुको नामावली :
१.नाती रविन्द्र थेगीमहाङ, केरावारी सतिसाले रु.१०,०००।००
२.नाती लिलाराज थेगीमहाङ, सागुरीगढी ५ पेवाना रु.१०,०००।००
३.नाती चिरन्जीलाल थेगीमहाङ, धरान रु.२०,०००।००
४.नाती सर्वजीत थेगीमहाङ, चुलाचुली २ ईलाम, रु.५०,०००।००
५.पनाती खगेन्द्र, थेगीमहाङ धरान रु.३०,०००।००
६.पनातीनी सर्मिला थेगीमहाङ कठमाण्डौ, रु.२०,०००।००
७.नाती लक्ष्मी प्रसाद थेगीमहाङ सागुरीगढी ५ पेवाना,रु.१०,०००।००
८.नाती जमानसिं थेगीमहाङ चुलाचुली २ ईलाम,रु.१५,०००।००
९.नाती हेमसेन थेगीमहाङ चुलाचुली २ ईलाम रु.१५,०००।००
१०.नाती लोकेन्द्र थेगीमहाङ दमक झापा रु.३०,०००।००
११.नाती अन्जान थेगीमहाङ ईटहरी रु.३०,०००।००
१२.नाती महेन्ध्वोज थेगीमहाङ चुलाचुली २ ईलाम,रु.१५,०००।००
१३.नाती चन्द्र किरण थेगीमहाङ चुलाचुली २ ईलाम,रु.३०,०००।००
१४.नाती मधुकर थेगीमहाङ चुलाचुली १ ईलाम,रु.१५,०००।००
१५.नाती अर्जुन थेगीमहाङ चुलाचुली १ ईलाम रु.१५,०००।००
१६.नातीहोम बहादुर थेगीमहाङ चुलाचुली १ ईलाम, रु.१५,०००।००
१७.छोरी झड्केलु लोक कुमारी ईवा दमक १३ झापा रु.३०,५००।००
१८.छोरा कान्छा जनकसिंह थेगीमहाङ दमक ११ झापा,रु.३०,५००।००
१९.बुहारी कान्छी चन्द्र कुमारी ईवा दमक ११ झापा रु.३०,५००।००
२०.नाती कृष्ण सेन थेगीमहाङ दमक ११ झापा, यूके,रु.३०,५००।००
२१.नातीनी मिना थेगीमहाङ दमक ११ झापा रु.३०,५००।००
२२.नातीनी रितु थेगीमहाङ, दमक ११ झापा रु.३०,५००।००
ईति सम्बत २०७५ साल जेष्ठ १५ गते रोज ३ शुभम मुकाम डांडाबजार २ हात्तिटार, धनकुटा
धन्यवाद
फूटनोट
१.दगल सिं.एक प्रतिभा पेज ४५ र अग्नी प्रसाद बराल, दमक शान्ती मार्ग झापा
२.दगल सिं.एक प्रतिभा पेज १,२ र भु.पु.संसद सदस्य तेजमान तुम्बाहाम्फे, १३ थुम मेयङलुङ बजार
३.दगल सिं.एक प्रतिभा पेज ४६,५४,५५ र अग्नी प्रसाद बराल, दमक शान्ती मार्ग झापा
४.दगल सिं.एक प्रतिभा पेज ६७,६८ र चन्द्रसेर आङदेम्बे, आङसराङ ५ पान्थर
५.दगल सिं.एक प्रतिभा पेज २५ र गोविन्द बहादुर थापा, केरावारी २ मोरङ
६.दगल सिं.एक प्रतिभा पेज २५ र गोविन्द बहादुर थापा, केरावारी २ मोरङ ७.दगल सिं.एक प्रतिभा पेज ४६ र अग्नी प्रसाद बराल, दमक शान्ती मार्ग झापा
८.दगल सिं.एक प्रतिभा पेज २३ र गोविन्द बहादुर थापा, केराबारी २ मोरङ
९.दगल सिं.एक प्रतिभा पेज २० र पण्डीत लक्ष्मी प्रसाद ढुंगाना, केराबारी मोरङ १०.दगल सिं.एक प्रतिभा पेज २३ र गोविन्द बहादुर थापा, केराबारी २ मोरङ
११.दगल सिं.एक प्रतिभा पेज १००र जनक सि सेन थेगीमहाङ, दमक झापा
१२.दगल सिं.एक प्रतिभा पेज १० र (वि.सं.२०२२) उप प्रधान बर्ण ब.राई, बांझो ७ ईलाम
१३.दगल सिं.एक प्रतिभा पेज २० र पण्डीत लक्ष्मी प्रसाद ढुंगाना, केराबारी मोरङ
१४.दगल सिं.एक प्रतिभा पेज ७२ र हरी प्रसाद दहाल, पौंठाक ६ तेह्रथुम
१५.दगल सिं.एक प्रतिभा पेज ७२,७३ र हरी प्रसाद दहाल, पौंठाक ६ तेह्रथुम
१६.दगल सिं.एक प्रतिभा पेज ५७,५८,५९,६०,६१ र धन नारायण मादेम्बा बांझो ८ ईलाम
१७.दगल सिं.एक प्रतिभा पेज ५४,५५ र अग्नी प्रसाद दहाल, कुरुले तेनुपा ४ धनकुटा
१८.दगल सिं.एक प्रतिभा पेज ६३,६४ र भगीमान मुसङ चुलाचुली १ ईलाम
१९.दगल सिं.एक प्रतिभा पेज ७८,७९ र खगेन्द्र राज ढकाल याकु ६ भोजपुर
२०.दगल सिं.एक प्रतिभा पेज ३१ र मन्त्री : पुर्ण कुमार सेर्मा, सराङडांडा ७ पान्थर
२१.दगल सिं.एक प्रतिभा पेज ७० र चन्द्रसेर आङदेम्बे आङसराङ ५ पान्थर
२२.दगल सिं.एक प्रतिभा पेज ११ र गोपाल प्रसाद अधिकारी, धनकुटा
२३.दगल सिं.एक प्रतिभा पेज १३,१४ र गोगेन्द्र दहाल , विराटनगर मोरङ
२४.दगल सिं.एक प्रतिभा पेज ७९ र खगेन्द्र राज ढकाल, याकु ६ विर्ता भोजपुर
२५.दगल सिं.एक प्रतिभा पेज ३१ र मन्त्री : पुर्ण कुमार सेर्मा, सराङडांडा ७ पान्थर
२६.दगल सिं.एक प्रतिभा पेज ५४,५५ र अग्नी प्रसाद बराल, कुरुले तेनुपा ४ धनकुटा
२७.दगल सिं.एक प्रतिभा पेज ७० र चन्द्रसेर आङदेम्बे, आङसराङ ५ पान्थर
२८.दगल सिं.एक प्रतिभा पेज ३३,३४ रकेदारलाल श्रेष्ठ, धनकुटा बजार