सामान्य प्रशासन सहायक पुर्व मन्त्री श्री मानबहादुर चोबेगुको परिचय
जन्म : वि.स. १९९४ साल पौष ९ गते आमा लक्षीमाया र आम्बा जगतबहादुरको छोरा अन्तरेको रुपमा पान्थर खुंगा काउलेमा जन्मनु भएको थियो ।
वाल्यकाल र शिक्षा : श्री मान बहादुर चोबेगु थेगीमहाङको वाल्यकालले औपचारीक शिक्षाको राम्रो व्यबस्था नभेटेकोले स्वच्छीक आफ्नै शिवर्जन शिलतामा शिक्षा लिनु पर्ने अबस्था थियो । राणा सासनको अन्त पस्चात पनि शिक्षाको विकाश गर्न धेरै कठीनाईहरुको साम्ना गर्नु परेको थियो् । उहाको वाल्य जीवन परिवारको आयस्रोत साधन कृषि र पशुपालन भएकोले घांस दाउरा गोठालो सिमित थियो । वि.स.२००९साल देखी शिक्षाको औपचारीक अध्ययन श्री सरस्वतीको यस गाउंमा प्रारम्भ हुन थाल्यो । तव देखी उहाले एकातीर अध्ययन गर्न थाल्नु भयो, अर्कातीरको समय परिवारलाई साथदिन गोठमा बस्नु हुन्थ्यो । यसरी नै करीव ६ महिनाको शिक्षा हाशिलबाट उहामा भएको जोस जांगर र सालिनताले एउटा नया परिवर्तनको बाटो देखाएको महसुस वहांमा हुन थाल्यो । त्यस बेलाको अबस्था किपटे प्रथामा सुब्बा जीम्मावल, तालुकदार ,थरी र मुखीयाहरुको सासन र अहंकारको विरुद्घमा तुरुन्तै परिवर्तनको सम्भावना थिएन ।
राजनैतिक यात्राको प्रारम्भ :
फुपुको छोरा लुङा वि.वि.सुव्वा (लावती) गोरखा परीषदमा सक्रीय थिए, उहाको संगतको प्रभावले वि.स.२०१३ साल १९ वर्ष कै उमेर देखी राजनितीमा लाग्नु भयो । फल स्वरुप गोरखा परिषदको कार्यकर्ताको रुपमा उहाको राजनैतिक जीवन सुरु भयो । २०१५ सालको चुनावमा एक्तीन जोरपाटीका कुल प्रसाद केरुङ पनि यसै पार्टीमा थिए । भोटमाग्न भरत शम्सेर रणधिर सुव्वा ठुलो माईक लिएर आएका थिए, गोरखा परिषदको एजेन्ट श्री पदम प्रसाद चोबेगु हुनु हुन्थ्यो । चुनाव किवाको अर्खौलेमा भएको थियो । चुनावमा यो क्षेत्रबाट नेपाली कांग्रेसका श्री प्रेमराज आंङदेम्बेले जीत्नु भयो ।
ग्राम पंचायतको पहिलो प्रधान पन्च र जिल्ला सभापति :–
वि.स.२०१७ साल पछि वि.स.२०१८ सालमा कंग्रेस सरकार विघटन भए पछि महेन्द्रले पंचायत लागु गरे । वि.स.२०१९ सालमा सर्ब प्रथम पटक चुनावमा भाग लिई ग्राम पंचायतको पहिलो प्रधान पन्चमा चुनीनु भयो । वि.स.२०२० सालको जिल्ला पन्चायतको चुनावमा पनि उम्मेदवार दिनु भयो र जिल्ला सभापतिमा प्रतिद…न्दी ओयामाका दुर्गा प्रसाद खरेल कुरुम्बाका खड्क बहादुर कुरुम्बाङ दुबैलाइ पराजीत गरी जिल्ला सभापति बन्नु भएको थियो ।
वहाको सुधारकार्यहरु :
उहाले आफ्नो कार्यकालमा पुरानो व्यबस्थालाई विस्तारै सुधार गर्दै जन्ताको जीवन सहजीकरण बनाउन मधपान लापारवाही, सजाय दण्ड जरीवाना, मुद्घामामिला खेताला ज्यालादारी जस्ता धरै कुराहरुमा सुधारत्मक कार्यहरु गर्नु भयो । त्यस बेला हरेक २ बर्षको फरकमा चुनाव हुन्थ्यो ।
वि.स.२०२० सालमा श्री ५ महेन्द्र राजाबाट उहांको ईमान्दारीताको कदर गर्दै गोरखा दक्षिणबाहु चौथोले विभुषित हुनु… भएको थियो । वि.स.२०२४सालको चुनावमा आईन्द्र विक्रम थाम्सुहाङ संग लड्दा मत बराबरी आएकाले गोला प्रथा गर्दा पनि उहा नै सभापतिमा विजयी हुन… भएको थियो । कार्यवधि छंदै वि.स.२०२५ सालमा भुमीस…धार अधिकारीमा समेत नियुक्ती हुनु भई १ वर्ष पाचथरमा काम गरे पछि २७ सालमा ताप्लेजुङ सरुवाभई काम गर्नु भए पछि २०२८ सालमा पद मुक्त हुनु भयो । वि.स.२०२९ सालमा रा.प.स.को चुनावमा उहा विरुद्घमा भिडाउन आईन्द्र विक्रम थाम्सुहाङ लाई विरोधिबाट प्रयास भएको थियो तर नउठेको कारण बद्लामा लामो ईतिहास बोकेका कुल प्रसाल केरुङलाई उठाएका थिए ।
सामान्य प्रशासन सहायक मन्त्रीको पदभार :–
पदमा सु…न्दर लावती उद्योग बाणिज्य मन्त्री थिए उन्ले मान बहादुरलाई साथ दिएकाले चुनाव जीते र रा.प.सं सदस्य बनीए । वि.स.२०३२ सालको प्रधान मन्त्री तुलसी गीरीको मन्त्री मन्डलमा समावेस भई सामान्य प्रशासन सहायक मन्त्रीको पदभार सम्भाल्नु भयो ।
वि.स.२०४५सालमा पन्चायत निर्देशन समितीको सदस्यमा राजाबाट मनोनित हुनु… भएको थियो तर ४६ सालमै पन्चायत समाप्त भई दलिय व्यबस्था आएको हुदा उहांले राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर काम गर्दै आइरहनु भएको छ । हाल काठमाण्डौ सिनामंगल निवास स्थानमा ।
साभाहार – खुंगा दर्पण वि.स.२०६९, आइ एस वि एन ९७८९९३७२५९१७०