पान्थर थुम फिदीम जिल्ला फालेलुङ गाउंपालीका वडा नं.२ एक्तीन गाउं बस्ने बाबु श्री जंग प्रसाद थोक्लीहाङ आमा देवीमाया सेलीङको कोखबाट वि.सं.२०२८ साल माघ १४ गते श्री विरेन्द्र थोक्लीहाङ जन्मनु भएको थियो । बाल्यकालको बढ्दो उमेर संग संगै अध्ययनमा एम एड शिक्षा हाशिल गरी श्री कन्काई बहुमुखी क्यामपस सुरुङगामा (झापा जिल्ला) प्रध्यापन गदै हुनुहुन्छ । हाल झापा जिल्ला शिव सतासी गाउंपालीका वडा नं.११ झिलझिलेमा बस्नु हुन्छ । लेखन तथा साहित्यको क्षेत्रमा रुची राख्नु हुने विरेनजी साहित्य अनी नाटककारको अग्र नमुना भइ अभि प्रेरित गर्दै आउंनु भएकोमा थेगीमहाङ वशंहरुको निम्ती प्रेणा अनी सबैको धन्यवादका पात्र हुनु भएको छ ।
उहांको प्रकाशित कृतीहरु –
१) गुम्सिएको अभिव्यक्ति – उपन्यास (वि.सं.२०४८)
२) घाँडो – कथा संग्रह (वि.सं.२०५२)
३) प्यासी ओठ – उपन्यास (वि.सं.२०६३)
४) पीडा : वोर्डिङ मास्टरको – कविता संग्रह (वि.सं.२०६४)
५) युद्धमा मारिएकी लुङाबहिनीको चिठी – कविता संग्रह (वि.सं.२०६५)
६) यदी उस्को भविष्य बन्छ भने – नाटक संग्रह (वि.सं.२०७६)
७) फाल्गुनन्द – उपन्यास (वि.सं.२०७९)
८) केही किराँत धर्मवलम्बीको जीवन कथा – जीवनी संग्रह (वि.सं.२०८०)
अप्रकासित –
१.गिती संग्रह २.नाटक संग्रह