धनकुटा जिल्ला मिक्लुक थुम चौविसे गा.पा.देउराली गाउंमा वि.सं.२०२७ सालमा जन्मनु भएको थियो । गाउंको सिंहदेवी मा.वि.चौकी भन्ज्याङमा शिक्षक कार्य गर्दै हुनु हुन्थ्यो । शेवा ईङलीस बोर्डिङ स्कुल समेवामा प्रिन्सीपल जिम्मेवारी बहन गर्नु भएको थियो । हाल ईलाम जिल्ला माङसेबुङ ३ भालुटारमा रहनु भएको छ । यो गाउंमा स्थापित सरस्वती मा.वि.मा लेखा कर्मचारीको रुपमा कार्यरत हुनुहुन्छ । मानव सेवाको भावनाले प्रेरित श्री नरेन्द्र चोबेगु थेगीमहाङले वि.सं.२०४९ सालमा किरात सेनेहाङ लिम्बु वंशावली सम्पादनको प्रारम्भिक कार्यमा योगदान दिनु भएको थियो । किरात सेन थेगिमहाङ लिम्बु र याङनामको संक्षिप्त चिनारी नामक पुस्तकको लेखक हुनु हुन्छ । उक्त किताव किरात सेत्छेने सेनेहाङ थेगीम सयङ सङजुम्भोले वि.सं.२०७३ सालमा दर्ता (आई. एस.वि.एन.९७८९९३०१८१११) गरी प्रकाशन गरेको थियो ।
हाल सम्म उहाको पुस्तक सम्पादन कार्यहरु
१.डिल्ली प्रसाद तुम्वापो (जौवारी कान्छा) — जीवनी
२.महागुरु फाल्गुनन्द र धर्म उपदेश — पुस्तक
३.आत्मकथा जीतमानसिं तिगेला — आत्मकथा पुस्तक
४.भिमलाल माबोहाङ — आत्मकथा पुस्तक
५.किरात धर्म, राजनीति र माक्खिम पुर्खाहरु — आत्मकथा परक पुस्तक