श्री भगीश्वर चोबेगु थेगिमहाङ लिम्बूको जीवनी
१.जन्म जननी : जिल्ला धनकुटा सागुरीगढी गाउपालिका वडा नं. ५ का स्वर्गीय सुबेदार बुद्धि बहादुर चबेगु थेगिमहाङ लिम्बू र स्वर्गीय आशाहाङमा चेम्जोङ्ग चबेगु लिम्बूको पाच भाई छोरा एक बहिनी छोरी मध्येमा “माइला छोरा प्रधानपञ्च स्वर्गीय भगीश्वर चोबेगु थेगिमहाङ लिम्बूको जन्म पाकिस्तानको व्लोतीस्थान क्वेटा शहरमा वि.सं. १९९५ /०४/१५ मा जन्मनु भएको थियो ।”१ वहाको जन्म पश्चात (वि.सं.१९९५) सन् १९३९ देखी ४५ सम्म दोस्रो विश्व युद्ध चलेको हुंदा बुद्धी बहादुर बृटेन(बेलायत) पक्षको शैनिक भएको नाताले स्वदेश फर्कन पाउंने अवस्था नभएकोले भगिश्वरको वाल्यकाल पनि पिता संगै प्रदेशमै वित्यो । ६ वर्ष चलेको युद्ध विराम भएको केही साल पछि, स परिवार स्वदेश तुङखा गाउंमा आउंनु भएको थियो ।
२.बाल्यकाल र शिक्षा : उहाले कक्षा ७ सम्मको शिक्षा हाशिल सोल्जरस् वोर्ड भोजपूरको दिङलाबाट गर्नु भयो । वि.सं.२०१६ साल तीर काठमाडौंमा गइ कम्पाउण्डर तालिम सकेर भोजपुर स्वास्थ्य चौकीमा कम्पाउण्डरको काम गर्नु हुदै भोजपुरकै श्री राम आदर्स नारायण हाई स्कुलबाट वि. सं. २०१९ सालमा तृतिय श्रेणिमा एस. एल. सी. उर्तिण हुनु भएको थियो ।
३.दम्पति जीवन : साविक बुढिमोरङ्ग गाबिस बस्ने खडग बहादुर ईङनामकी जेठी छोरी वि. संं. १९९९ साल चैत्र महिनामा जन्मनु भएकी श्री दुर्गादेवी ईङनाम संग वि. सं. २०२१ सालमा साविक डाडा बजार गाबिस वडा नं. २ लाप्चेटारको घरमा विवाह भई उहाको वैवाहिक जीवन शुरु भयो । डाडा बजारमा घर वनाई पारिवारिक जीवन बिताउंदै समाज सेवा तर्फ सक्रिय हुन थाल्नु भो । उहाको ३ भाइ छोरा १ बहिनी छोरी गरी ६ जनाको परिवार थियो । दोस्रो पटकमा निर्माण गर्नु भएको निजी निवास एवं सपरिवार साथमा ।
४.सामाजिक प्रेरणा : एम पि. दगलसि सेनको पहलबाट ९ वटा द सोल्जर वोर्ड एम.ई.स्कुल स्थापना गर्दै जाने क्रममा साथसाथै डिस्पेन्सरी (हेल्थपोष्ट) पनि संचालन गर्नु परेको थियो । सोल्जर बोर्डका सबै खाले कार्यहरु संचालनको लागी वि आर एक्स श्री हंस बहादुर चोबेगुलाई सेक्रेटरी नियुक्त गरेका थिए । त्यसबेला उक्त सेवा मुलक कार्यहरु सबै भुपु आर्मिहरुले नै सन्चालन गर्नु पर्दथ्यो । आफुले गर्न ईच्छुक नभए रुचाएको मान्छेलाई सिफारिस गरेर संचालनमा ल्याउंनु पर्दथ्यो । द सोल्जरस् बोर्ड मिडिल ईङलीस स्कुल राजारानी डाडांबजार चौविसे सन् १९५४(विं.सं.२०११) मा स्थापित भएको राजारानीको स्थानीयबासीहरुबाट सर्मथन नपाउंदा यो स्कुल डाडांबजारमा स्थापित हुन पुग्यो । बुवा बुद्धी बहादुरले नै आफ्नो छोरा मैला लाई सिफरिस गरेकोले कम्पाण्डरको काम देखी समाज सेवाको अनुभव प्रारम्भ गर्नु भएको थियो । एम पि. दगलसि सेनको प्रेणाले सु.बुद्धी बहादुर शुभ चीन्तक बनेका थिए भने बाबु बुद्धी बहादुर र काका हंस बहादुर (जिल्ला पन्चायत सदस्य)समेतको प्रेणाले भगिस्वर लिम्बु समाज सेवामा सक्रीय हुनु भएको थियो । “धनकुटा जिल्लाको चौविसे क्षेत्र अन्र्तगत डांडाबजार वेगनाले एम पि.आगे सुव्वा डगलसिं सेनलाई पहिलो महापूरुषको रुपमा जन्माएको थियो,”२ उनैको पहिलो प्रेणाले गाउं पन्चायत प्रधान पञ्च २ पटक विजयी भई राजाबाट सम्मानित सम्म हुनु पुग्नु भएको थियो ।
दोस्रो पटक निर्माण गर्नु भएको निजी निवास ।
प्रधानपञ्च स्व. श्री भगिश्वर थेगिमहाङ लिम्बू आफनो श्रीमती दुर्गा देवी ईङनाम जेठा क्या. ज्ञानबहादुर , माइला जयनारायण ,कान्छा ओम प्रकाश र छोरी कमला थेगिमहाङ ।
५.पञ्चायत व्यबस्था : वि.सं.२०१७ सालमा श्री ५ महेन्द्रले संसदीय ब्यवस्था खारेज गरी पञ्चायती व्यबस्था लागु गरे । वि.सं.२०१८ सालमा नेपाली कांग्रेस जन नेताहरुको धरपकड, हत्या, जेल चलानको अवस्था थियो, भने अर्कातीर विकासको मुल फुटाउ अभियान देशभरी स्वचालनमा थियो ।
वि.सं.२०३२ । १० । १४ देखी २९ गते सम्मको १५ दिने तालीम झापा कलबाही गढी
६.राजनेतिक झुकाव : “उमेरमा म दाई भन्दा २ वर्ष कान्छो भएता पनि पंचायत प्रवेशमा म उहा भन्दा ५ वर्ष जेठो छु, किनभने २०२३ सालमा प्रवेश गरे उहा २०२८ सालमा प्रवेश गर्नु भयो । मैले जनमत संग्रहको घोषणापछि पंचायत छोडे, भने उहा आजीवन रहनु भयो ।“३
७.पञ्चायत व्यबस्था : वि.सं.२०१७ सालमा श्री ५ महेन्द्रले संसदीय ब्यवस्था खारेज गरी पञ्चायत व्यबस्था लागु गरेको बेला वि.सं.२०१८ सालमा नेपाली कांग्रेस जन नेताहरुको धरपकड, हत्या, जेल चलानको अवस्था थियो ।
८.पञ्चायत विकास तालीम : वि.सं.२०१९ सालमा एस एल सी पास गरे पछि वि.सं.२०२९ सालको स्थानीय प्रधान पन्चको चुनावमा निर्बाचित हुनु भयो । “वि.सं.२०३२ । १० । १४ देखी २९ गते सम्म धनकुटा, संखुवा सभा र ताप्लीजोङ जिल्लाका गांउ पञ्चायत प्रधान पन्चहरुको १५ दिने तालीममा सहभागी हुनु भयो । वि.सं.२०३४ । १२ । २१ गते पन्चायत विकाश प्रशिक्षण केन्द्र झापा जिल्ला कलबलगुरी (चन्द्रगढी)मा सन्चालन हुदा पनि सहभागी भइ प्रशिक्षित भएर आउनु भएको थियो ।”४ उहाले विकासका मुल फुटाऔं भन्ने राजाको बाणिलाई सकार्न पञ्चायत भवनमा जनमानवहरु भेला गरी विभिन्न विकासे कार्यक्रमहरु गर्न थाल्नु भयो । पञ्चायत भवनको दृष्य र श्री ५ विरेन्द्र राजा एवं रानीको जन्म जयन्तीमा झण्डात्तोलन गर्दै जि.पंं.स (सेक्रेटरी) श्री हंस बहादुर चोबेगु र प्रधान पन्च श्री भगिश्वर चोबेगु थेगीमहाङ ।
९.प्रधान पञ्च श्री भगिश्वर थेगीमहाङले गर्नु भएको कार्यहरु
पञ्चायत भवनको दृष्य र श्री ५ विरेन्द्र राजा एवं रानीको जन्म जयन्तीमा झण्डात्तोलन गर्दै जि.पंं.स (सेक्रेटरी) श्री हंस बहादुर चोबेगु र प्रधान पन्च श्री भगिश्वर चोबेगु थेगीमहाङ ।
क.) कार्तिके खानेपानी योजना : “डांडाबजारका बासिन्दाहरुलाई कार्तिके खानेपानी योजना सम्पन्न गरी पानी खुवाउंने कार्य गर्नु भयो । तथापी जन घनत्व बृदी भइ आवासहरुको थप विकास हुंदै आउंदा खाने पानीको समस्या आज सम्म पनि कायम रहेकै छ । उहाको कार्यकालमा निर्मित खाने पानिको रिजर्व टेङकीको अवशेष र डांडाबजारको दृस्य ।”५
ख.) कम्पाउण्डर : आर्मिका छोराहरुलाई वि आर सरकारले निशुल्क शिक्षा दिने गरेको थियो । उहालाई पिता सुव्दार बुद्धी बहादुरले स्वास्थ्य उपचार सेवा सम्बन्धि काठमाण्डौमा कम्पाउण्डर तालिममा पठाउंनु भएको थियो । उहांको यो अध्ययनले वोर्ड सेकेण्ड भएर तालिम सम्पन्न गरे पछि भोजपुर जिल्लामा पोष्टीङ हुनु भयो । त्यस पछि फिदीमको स्वास्थ्य चौकीमा काम गर्नु भएको थियो । अन्तमा उहांले लाप्चेटार घरमै स्वास्थ्य शेवा कार्य गर्दा गर्दै वि.सं.२०२० साल देखी डांडाबजारमा सर्नु भयो । ईस्ट इण्डीया कम्पनिले संचालन गरेको स्कुल, स्वास्थ्य विभागहरु नेपाल सरकार आफैले चलाउंने भनी विंसं.२०२५ साल देखी जिम्मा लिएको हो ।
ग.) हेल्थ पोष्ट (डिस्पेन्सरी) : विषय अलग भएता पनि स्वास्थ्य उपचार सेवा कम्पाउण्डर कार्य विधी अनी सोल्जरबोर्ड (स्कुल) आपसमा एउटा परियोजनाको अंग थियो । सुव्दार बुद्धी बहादुरले आफ्नो जिम्मेवारीको भाग छोरा माहिला भगिश्वरलाई सिफारिस गरी कार्यभार सुम्पेका थिए । वि.सं.२०१६ साल देखी कम्पाण्डर कार्यको अनुभवले सबै गाउलेहरुमा स्वास्थ्य सुविधा हुन सकोस भनेर वि.सं.२०२९ सालमा निर्वाचित भए पस्चात प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्न थाल्नु भयो । साथमा सार्वजानीक चर्पि पनि बनाउनु भएको थियो, त्यो बेला चर्पिमा दिसा पिसाव गर्ने संस्कारको विकास भएको थिएन ।
घ.) औषधि पसल : “वि.सं.२०३४ । ०४ । ३ मा कोशी अञ्चल अस्पताल जनस्वास्थ्य शाखामा दर्ता (दं.नं.२६५) गरी प्राइवेट औषधि पसल व्यबस्थापन गर्नु भई जन स्वास्थ्य सेवाकार्यको नमुना देखाउंनु भएको थियो ।”६ धरमै औषधि विक्री गर्दै स्वास्थ्य शेवा कार्य गर्नु भई समाजमा उद्धारणीय नमुनाका पात्र बन्नु भएको थियो ।
ङ.) डिस्ट्रीक द सोल्जरस् बोर्ड मिडिल ईङलीस स्कुल : वि.सं.२०११ सालमा स्थापित डिस्ट्रीक द सोल्जरस् बोर्ड मिडिल ईङलीस स्कुल राजारानी डाडांबजार चौविसे स्थापना भए पछि,वि.सं.२०२३ सालमा द सोल्जरस् बोर्डले नेपाल सरकार लाई हस्तान्तरण गर्दा स्कुलको नाम अगाडी भानु जुनीयर स्कुल भनेर नामाकरण भइ, वि.सं.२०२८ साल सम्म सन्चालन हुंदै आयो । त्यस बेला डांडा वजारको प्रथम प्रधान पन्च श्री रुद्रसिं याखा हुनु हुन्थ्यो । वि.सं.२०२५।०२६ सालमा भगीश्वर थेगीमहाङले शिक्षक कार्य पनि गर्नु भएको थियो ।
च.) भानु माध्यमिक विद्यालयको अवस्था : वि.सं.२०२९ सालको स्थानीय प्रधान पन्चका चुनावमा श्री भगीश्वर थेगीमहाङ विजयी हुनु भयो । प्रधान पन्चको कार्यभार र विं.सं.२०३० देखी ०३२ साल सम्म स्कुल व्यबस्थापन समितीको अध्यक्षको कार्यभार समेत सम्भाल्नु भएको थियो । उहां कै कार्यकाल र सक्रीयताले भानु जुनीयर स्कुलको विकाश क्रम भानु माध्यमिक विद्यालय भएको हो । उहा श्वयं स्कुल निर्माण कार्यमा व्यस्त ।
छ.) डिस्ट्रीक द सोल्जरस् बोर्ड मिडिल ईङलीस स्कुल भवन निर्माण : वि.सं.२०११ सालमा स्थापित द सोल्जरस् बोर्ड मिडिल ईङलीस स्कुल राजारानी डाडांबजार चौविसे स्थापना डांडा बजारमा भई सके पछि वि.सं.२०१६ सालमा भवन निर्माणको लागी प्रतिनिधि सभा सदस्य क्षे.नं.२७ दगलसिं सेन चोबेगु थेगीमहाङले पहिलो कदम चालेका थिए । स्कुलको विकास गर्दै लाने क्रममा, भानु जुनीयर स्कुल हुंदै, भानु मा.वि.वनाउंन, भवन नविकरण, फुटबल मैदान सुधार कार्य गर्नमा प्रधान पन्च श्री भगिश्वर लिम्बुको महत्व पूर्ण गोगदान रहेकोले जिल्ला शिक्षा समिती धनकुटाबाट वि.सं.२०३४ सालको शिक्षा दिवसमा प्रसंसा पत्र समेत पाउंनु भएको थियो ।
स्कुलको कार्यक्रम्मा विध्यार्थिलाई पुरस्कार प्रदान गर्दै
ज.) साझा संस्था एवं कृषि विकाश बैंक : एप पि.दगलसिं सेन जिल्ला कार्यालय सहकारी विभाग धनकुटाको सदस्य वि.सं.२०३३।०२।१५मा नियुक्त हुनु भएको थियो । वहाको प्रयासले साझा संस्था स्थापना भई तत्कालिन प्रधान पन्च भगिस्वर थेगीमहाङले पुन: साझा संस्थाको भवन निर्माण गर्न लगाउंनु भएको थियो । यो साझा संस्थाबाट पौष्टीक आहार आंटा, पाउडर दुध वितरण गरिन्थ्यो । पछि गएर साना किसान कृषि विकास बैक हुंदै आएको हो ।
झ.) गोरेटो बाटोको विकास : तत्कालिन डांडावजार गाउं पञ्चायत अन्र्तगत लाप्चेटार जाने, लुम्फाजुङ जाने, तुङखा जाने, धजेडांडा जाने गाउंका गोरेटो बाटोहरुलाई सुधारकार्य गर्नु भएको थियो ।
ञ.) रेन्जपो्ष्ट (वन जंगल सुरक्षा कार्य) : जंगलको महत्वबारे सचेत होऔं भन्ने उद्धेश्यले ईलाका वन राजारानीको भवन निर्माण कार्य, डांडाबजारमा गर्नु भएको थियो ।
१०.स्वभाव
स्व.भगिश्वर थेगिमहाङ लिम्बुको सबै राम्रो पक्ष सामाजिक जन श्रमदानमा जनतासंग आफै काम गर्नु हुन्थ्यो । खाजाको व्यवस्था आफै गरिदिनु हुन्थ्यो । भाषण भन्दा व्यवहारिक पाटो अत्यन्तै पारदर्सि थियो । व्यतिmको भन्दा समुहको हित चाहानु हुन्थ्यो । पशुपंक्षीहरु, बाल बच्चाहरु औधि मन पराउंनु हुन्थ्यो । नाट्यकला संस्कृती, खेलकुद पनि रुचाउंनु हुन्थ्यो ।
११.प्रबल गोरखा दक्षिणबाहु चौथो द्धारा विभूषित
पन्चायत सरकारको विकाशको मुल फुटाऔं भन्ने नाराका साथ डांडाबजारको चौतर्फि विकास गर्नमा ठुलो योगदान दिनु भएकोले उहाको कदर स्वरुप, तत्कालीन प्रधानपंच स्व.भगिश्वर थेगिमहाङ लिम्बु नेपालको पंधान पंचहरु मध्येको अब्बल प्रधान पञ्चमा चुनिनु भएकोले तत्कालीन राजा स्व.श्री ५ बिरेन्द्रबाट प्रबल गोर्खा दक्षिणबाहु चौथो द्धारा विभूषित हुँदै ।
१२.निधन
प्रधान पञ्चको २ कार्यकाल विताए पछि तेस्रो स्थानीय चुनावको शिल्शिलामा विवादीत हुनु भयो । उहा उच्च रक्तचापको विमारी पनि हुनुहुन्थ्यो । आखिर विंस.१९९५ सालमा जन्मनु भएका प्रधान पञ्च श्री भगिश्वोर चोबेगु थेगीमहाङ लिम्बुको वि.सं.२०४५ सालमा ५० वर्षको उमेर हुंदा निधन भएको थियो ।
१३.समाधि
विजी निवासमा देह त्याग्नु भए पछि वहांको मृत शरिर डांडावजार वडा नं.५ को पौवाडांडा(कैलासडांडा)मा पुर्याई समाधि स्थापना गरीयो । त्यस पछि लिम्बुको संस्कार अनुसार वहांको मृत आत्मालाई मुन्धुम साम्जीकको माध्यमबाट पुर्खाहरुको मृत आत्मालोग(सामलोग) मनातेम्बे पुर्याई जिम्मा लगाईयो ।
१४.उहांको सम्झना
प्रधान पञ्च स्व: श्री भगीश्वर चोबेगु थेगीमहाङको निधन भएको ३० वर्ष पछि उहाको सम्झनाले स परिवारलाई खुल्दुली लाग्न थाल्यो । भगीश्वर चोबेगु थेगीमहाङ मेमोरियल पार्क निर्माण गर्ने कुरा स्थानीय बुद्धीजीवी समाजको परामर्स बमोजिम, सबैको सहमती लिएर यो पार्क निर्माण गरीने पक्का भयो । धर्म पत्नी दुर्गा देवी ईङनाम र काहिला भाई क्या.टंक बहादुर थेगीमहाङ को बाहुल्यबाट ढुंगा राखी वि.सं.२०७४।१०।०७ गते पार्क निर्माणको शिलान्यास गर्नु भयो ।
१५. प्रबन्धक :
प्रबन्धक क्या.श्री ज्ञान बहादुर थेगीमहाङ श्री मती विष्णु कुमारी हुक्पा चोङबाङ र छोरी संगमा छोरा साहिल
प्रबल गोर्खा दक्षिण बाहु राजकीय सम्मानले विभुषित प्रधान पञ्च स्व.श्री भगीस्वर थेगीमहाङ चोबेगु लिम्बुको सम्झनामा पार्कको निर्माण कसरी सुरु भइ सम्पन्न हुन गयो, भन्ने विषयमा उहांको छोरा जेठा प्रबन्धक क्या.श्री ज्ञान बहादुर थेगीमहाङ चोबेगु लिम्बुको नेपालीमा अनुबादीत शव्दहरु राख्न सान्दर्भिक ठानेको छु ।
क.) संकल्प : “म १७ वर्षको थिएँ, मेरो सुन्दर गाउँ र देश छोडेर बेलायती सेनामा भर्ति भएँ । बेलायती सेनामा २७ वर्ष काम गरे पछि म क्याप्टेन भई हाल अवकास लिएको छु । अहिले बेलायतमा बसेता पनि मेरो प्यारो जन्म गाउं डांडाबजार वर्षमा २ पटक सम्म आउंने जाने गरेको थिएँ । त्यही बेला स्थानीय साथी संगीहरु संग भेट हुंदा स्वर्गिय बुबा भगिस्वर लिम्बुले डांडावजारमा गर्नु भएको विकाशे योगदानहरु आज सम्म अविस्मरणीय छ । वहांको सम्झनामा भए पनि आफ्नो गाउंमा केही गर्न सल्लाह दिएकाले मैंले बुबा भगीस्वर थेगीमहाङ मेमोरियल पार्क बनाउंन संंकल्प गर्न थाले । ”७
ख.)परियोजना स्वीकृती : पार्कको स्वरुप कस्तो हुने भनी मैले मेरो भाई माहिलाको छोरा जेठा सरोज भतिजको सहयोगमा पेन्सील स्केच गरे । त्यसपछि निर्माण समितीमा (मे सन् २०१८) वि.सं.२०७४ साल जेठ महिनामा यो परियोजना प्रस्तुत हुंदा सबैले सहमती जनाई स्वीकृति प्राप्त भयो ।
ग.) निर्माण समिती : अध्यक्ष ज्ञान बहादुर चोबेगु थेगीमहाङ लिम्बु, उपाध्यक्ष ओम प्रकाश चोबेगु थेगीमहाङ लिम्बु, सचिव नवराज चोबेगु थेगीमहाङ लिम्बु, कोषाध्यक्ष सरोज चोबेगु थेगीमहाङ लिम्बु र सदस्यहरुमा खड्ग चोबेगु थेगीमहाङ लिम्बु, नरमाया चोबेगु थेगीमहाङ लिम्बु, चन्द्र कुमार याखा ।
घ.) सल्हाकार : भुपु क्याप्टेन श्री टंक बहादुर चोबेगु थेगीमहाङ लिम्बु, भुपु क्याप्टेन श्री हरि बहादुर चोबेगु थेगीमहाङ लिम्बु,डि.एस.पी टेकुनन्द ईवाहाङ, पलक बहादुर बस्नेत, छत्र बहादुर याखा र यज्ञ बहादुर नेम्बाङ लिम्बु ।
ङ.निर्माण कार्य : परियोजनाको सम्पूर्ण कार्यभार उक्त दिन देखी मेरो निरिक्षणमा प्रारम्भ भयो । मेरो भाइ माहिला जयनारायणले सबैलाइ सकारात्मक नैतिक समर्थन दिनु पर्छ भनेर विशेष जोड दिएको थियो । नोभेम्बर सन् २०१८ सालमा कान्छा भाई संग नेपालमा भेट हुंदा पार्कको प्रगतीको वारेमा सरसल्हा गरीयो । मेरी बहिनी कमला थेगीमहाङ र जेठान दिवान सांवा लिम्बुले यस परियोजनालाई सदैव साथ दिनु भयो । मेरो श्रीमती विष्णु कुमारी हुक्पा चोङवाङले निर्माण लागत रकम खर्च गर्न अनुमती दिनु भयो । छोरी संगमा र छोरा साहिल थेगीमहाङले पनि संधै सकारात्मक रुपमा नैतिक साथ दिएका थिए । मेरा काका काहिला क्याप्टेन टंक बहादुर चोबेगु थेगीमहाङ, कान्छा काका क्याप्टेन हरि बहादुर चोबेगु थेगीमहाङ र आमा दुर्गा देवी ईङनाम आदरणिय हुनुहन्छ म सदा सम्मान गर्दछु । वहाहरुको नैतिक सर्मथन सहयोगले यो परियोजना शुसम्पन्न भएको छ ।
१६.प्रधान पञ्च स्व:श्री भगीश्वर चोबेगु थेगीमहाङ मेमोरियल पार्क
वि.सं.२०७६ साल बैसाख ७ गते निर्माण कार्य शुसम्पन्न, सांगुरीगढी ५ डांडावजार बस स्टेण्ड
सन्दर्भ स्रोत :
१.स्वर्गिय भगिस्वर थेगिम्हाङ लिम्बुको जीवन दर्शन पानं.११५ क्या टंक बहादुर लिम्बु ललितपूर १३ कुसुन्तीअग्नी
२.स्वर्गिय भगिस्वर थेगिम्हाङ लिम्बुको जीवन दर्शन पानं.११२ अग्नी प्रसाद बराल, दमक ९ झापा
३.स्वर्गिय भगिस्वर थेगिम्हाङ लिम्बुको जीवन दर्शन पानं.११४ अग्नी प्रसाद बराल, दमक ९ झापा
४.स्वर्गिय भगिस्वर थेगिम्हाङ लिम्बुको जीवन दर्शन पानं.२७
५.स्वर्गिय भगिस्वर थेगिम्हाङ लिम्बुको जीवन दर्शन पानं.१२,१३,क,ख,ग,घ,ङ,च,छ,ज,झ छत्र बहादुर याखा
६.स्वर्गिय भगिस्वर थेगिम्हाङ लिम्बुको जीवन दर्शन पानं.२८
७.स्वर्गिय भगिस्वर थेगिम्हाङ लिम्बुको जीवन दर्शन पानं.२२,२३ क,ख,ङ ज्ञान बहादुर थेगीमहाङ
Bhagisor Theygimhang Chobegu : Maila
(... - 1988)