याङनाम आकासे
१.जन्म थलो — पान्थर थुम ५३ गाउं मध्ये लोवाफु गाउ पन्चायत १ हो । पछि याङनाम गाउ पन्चायत वडा नं.७ हाल फालेलुङ गा.पा वडा नं. ८ को आकासे भन्ने गाउमा वि.सं.१९९१ साल पौष २ गते मंगलबारको दिन बाबु हेनरी लेप्टन स्व : जस बहादुर चोबेगु, आमा धनमाया थुपुको थेबेको को्खबाट कान्छा छोरा वीर जहाङ जन्मनु भएको थियो । उहाको बुबा क्याप्टेन जस बहादुर चोबेगु जन्म वि.सं.२०४२ चैत्र २ गते र आमा धनमाया थुपुको थेवेको वि.स.१९६० मंसीर ७ गते जन्म भइ दुबैको बैवाहिक सम्बन्ध बांधिन पुगेको थियो । २४ वर्षको उमेर हुंदा वि.सं.१९६४ सालमा वृटीस ईन्डीया गोरखा रैफल १/७ चमन छौनी भारतमा हुंदाको तस्वीर ।

२.वाल्यकालको शिक्षा : राणा शासन कालिन समयमा कतै स्कुल थिएन । बुबा पल्टन मै छंदा आफ्नो दिदी जेठी दिलमाया चोबेगुले पल्टनमा शिक्षा लिनु भएको नाताले नेपाल आएंदा खंगा लसुने अंधेरी खोल्साबाट खरी ढुंगा ल्याई पाटी मै लेखपढ गरी साक्षर हुने मौका दिदीबाट पाए । पछि वि.सं.२००५ तिर नेपाली पहाडे कागजको सहायतामा मालिङगो वांसको कलम, (बत्तीको ध्वांसोबाट निर्मित) गाजलको मसी र केही साल पछि कांचो लाहाको मसी बनाएर जेठा दाजु छत्र स्याम पतिले पनि लेख पढ गर्न फेरी सिकाउंनु भयो ।
बुबा हेनरी लेप्टन स्व : जस बहादुर चोबेगु, दिदी माहिली कलावती, आमा धनमाया थुपुको थेवे, काकाको छोरा जेठा चन्द्रहाङ, आफ्नै दाजु स्यामपति, अगाडी वीचमा ३ वर्षको म वीर जहाङ पति, छेउमा काका सुव्दार मान बहादुर चोबेगु र बांकी अन्य ।
३.दम्पति जीवन : याङवरक थुम थेचम्बु सिवा खोला हाल ताप्लीजोङ जिल्ला थेचम्बु बस्ने सुव्दार नरबीर मेयोङबुको छोरी जेठी फावा खोला वदीली बस्ने जम्दार धन बहादुर कोङलीवाको बुहारी गौमाया वधुप मेयाङबु वि.स.२०१३ साल फागुन तीर जारी गरी लिएर आएको हो । त्यस पछि चोक्मागु बस्ने केस बहादुर तुम्बापोको छोरी झियामप्यारी तुम्बापोमा लाई वि.स.२०१६ साल मंसीर महिनामा जारी गरी माईली श्रीमतीको रुपमा ल्याउंनु भएको थियो । जेठी पटि जम्मा ४ जना छोरा छोरीको जन्म भई समयको अन्तारल संगै २० सालमा जेठीको निधन भए पछि बच्चाहरु मैली श्रीमतीले रेखदेख गर्दै गर्दा क्रमस सबै ती बच्चाहरु यो संसारमा रहेन । माहिली छत्र कुमारी तुम्बापो (झियामप्यारी) र कान्छी श्रीमती ईन्द्र माया पयाङगु,समेत गरी जम्मा ३ श्रीमती भयो । माहिली पटि २ भाइ ६ बहिनी छोरा छोरीहरुको जन्म भयो । वि.स.२०५७ सालमा माहिली झियाम्प्यारी तुम्बापोमा को निधन भए पछि, तेह्रथुम थाक्चोके बस्ने कान्छी श्रीमती ईन्द्र माया पयाङगु, ल्याउंनु भएको थियो, छोटो समय मै दिर्घरोगको कारण स्वर्गवास भयो ।

आमा, धनमाया थुपुको थेवे, माहिली श्रीमती छत्रमाया तुम्बापोमा ।
३.राजनैतिक जीवन : त्यस बेला नेपालको राजनैतिक अवस्था निरङकुस राणा साशन चली रहेको थियो । नेपालको इतिहासमा अन्धकारको युग हो । वि.सं.१९९१ सालमा जन्मनु भएको श्री वीर जहाङ पति चोबेगुलाई १५ वर्षको पुग्दा वहालाई वि.सं.२००७ सालको जनक्रान्तीको राजनिती प्रभाव परेको थियो । तत्कालिन नेपालको प्रधान मन्त्री टंक प्रसाद आचार्य को कार्यकालमा वन अधिन ऐन जारी गर्न सर्मथनको लागी वि.सं.२०१३ सालमा लिम्बुवान प्रतिनिधि मण्डल खडा गरी आउंनु भनी बोलाउंदा उहां पनि २२ वर्ष कै उमेरमा प्रतिनिधि भइ काठमाण्डौ जानु भएको थिया,े तर त्यस बेला सम्म लिम्बुवान पल्लो किरात अन्र्तगत नै रहेको हुंदा वन अधिन ऐन जारी गर्न मन्जुरी नदीने भनी राजा विरेन्द्र विर विक्रम शाह स्वस्तिक आसनमा बसेर हामीलाई दर्सन भेट गरी पर्केर आएका थियौ । १५ सालको संसदिय पहिलो आम चुनाउमा गोर्खा परिषद पार्टीमा गजेन्द्र तुम्बाहाम्फे घर चुनाव चीनो लिएर खडा हुनु भएको थियो,बुडा माउलीको नाताले मैले उहालाई नै समर्थन गरेको थिए । परिणाम नेपाली कांग्रेसको उम्मेवार रुख चुनाउ चीनो लिएर प्रेमराज आङदेम्बे विजयी हुनु भयो । वि.सं.२०१९ सालको लोवाफु गाउं पन्चायतको चुनावमा निर्विरोध प्रधान पन्चमा चुनीनु भएको थियो । सचिव स्थानीय हाङम्राङ बासी दिल बहादुर केरुङ हुनुहुन्थ्यो । जिल्ला पन्चायतको समेत सदस्य भएर आफ्नो गाउंको साथ साथै जिल्ला भरीको सामाजिक विकास र उत्थानको कार्य सम्भाल्लु भएको थियो । वि.सं.२०२४ सालमा आईन्द्र थाम्सुहाङ लाई जिल्ला सभापति बनाउन मा उहाको मुख्य भुमीका थियो ।

४.सामाजिक विकाश कार्य : वि.सं.२०१० सालमा स्थापना भएको याङनाम खलंगा स्कुल विकासमा, हुलाक सेवा कार्यमा, खुंवा जाने हिंवा खोला लठ्ठे पुल बनाउनमा, सहकारी विकास स्थापना गर्नमा, स्वास्थ्य चौकी, रेडक्रस स्थापना गर्नमा, खलंगा खाने पानी योजनामा, छात्रा बास संचालन गर्नमा, गोरेटो बाटो निकास कार्य योजनामा, वन संरक्षण कार्य जस्ता धेरै असल कामहरु गर्नु भएको थियो । वि.सं.२०१३ सालको किपट लिम्बुवान प्रतिनिधि मण्डलमा समाबेस हुंदै श्री ५ महेन्द्र राजा लाई भेट विन्ती गर्न जानु भएको थियो । वि.सं.२०३९ साल पुस ३० गते धनकुटा जिल्ला राजा श्री ५ विरेन्द्र वीर बिक्रमको पुर्वान्चल सवारी हुंदा किपट लिम्बुवानको थितीरिती संरक्षणको लागी विन्ती पत्र बुझाउंन जानु भएको थियो ।
वि.सं.२०१३ सालको किपट लिम्बुवान प्रतिनिधि मण्डलमा उहां पनि २२ वर्ष कै उमेरमा प्रतिनिधि भइ काठमाण्डौ जानु भएको थियो । प्रतिनिधि र थुमहरुको नाम १.वीर जहाङ पति चोबेगु २.गम्भीहाङ चोबेगु ३.सु.दगलसिं सेन चोवेगु
५.क) आदर पत्र : वहांले मुलुकको लागी गरेको असल कामको कदर पत्र । श्री ५ विरेन्द्रको कार्यकालमा दरबारको हुकुम बमोजीम आदर पत्रले स्म्मान गरिएको थियो । वि.सं.२०२०.०२.२८ गते ।
ख) तक्मा : वि.सं.२०४४ साल चैत्र ४ गतेका दिन काठमाण्डौ राजधानी राष्ट्रिय सभा गृहमा बोलाई महेन्द्र रत्ना भुषण पदकले सम्मानित श्री बीर जहाङ चोबेगु श्री ५ विरेन्द्र विर विक्रम शाह साथमा श्री ५ ऐश्वर्य ईन्द्र राज्य लक्ष्मी देवी । वि.सं.२०१८ सालमा महा भुकम्प ओम शान्ती पुरस्कार पाउंनु भयो ।
सम्मानीत कार्यक्रममा सहभागी हुन जांदाको बेला काठमाण्डौ बनकाली स्थीत खिचेको तस्बीर पहिलो पछि दोस्रो श्री वीर जहाङ पति चोबेगु क्रमस, खेमराज केशव, स्वामी प्रपन्ना चार्य (कालु राइ),पण्डीत छविलाल पोख्र्रेल ।
६) सम्मान पत्र र अभिनन्दन पत्रहरु :
क) किरात याक्थुङ चुम्लुङ केन्द्रिय समिती सदस्य, अभिनन्दन पत्र, वि.सं.२०६८ चैत्र २५ गते ।
ख) बृहत शहिद मेला तथा याङनाम तारा अभिनन्दन पत्र, वि.सं.२०६८ मंसीर १६ गते ।
ग) किरात सेच्छेने सेनेहाङ थेगीमहाङ सयङ सङजुम्भो याङनाम, सम्मान पत्र,वि.सं.२०७३/११/२७ गते ।
घ) खुवाखोला महिला कृषि सहकारी संस्था लि.याङनाम, सम्मान पत्र,वि.सं.२०७६/०२/०४ गते ।
ङ) नेपाल रेडक्रस सोसाईटी पान्थर जिल्ला शाखा फिदीम, सम्मान पत्र,वि.सं.२०६९/११/३१ गते ।
च) श्री सिंह सिद्धी मा.वि. फालेलुङ ८ अंशु भन्ज्याङ, सम्मान पत्र, वि.सं.२०७९/०२/०९ गते ।
छ) श्री प्रगती ग्रामीण विद्युत सहकारी संस्था लि.याङनाम, सम्मान पत्र, वि.सं.२०७६/०९/२४
ज) किरात याक्थुङ थेगीमहाङ चोबेगु सजुम्लुङ के.समिती, अभिनन्दन पत्र,वि.सं.२०७९/१०/०७ गते ।
७.मनोनित उपाधिहरु :
क) वि.सं.२०३१–०३५ मा मेची अन्चल उप सभापति
ख) वि.सं.२०५३ सालमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य
ग) फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानको केन्द्रय अध्यक्ष
घ) नेपाल रेडक्रस सोसाइटी पान्थर जिल्लाको संस्थापक
ङ) लोवाफो गाउं पन्चायत प्रधान पन्च वि.सं.२०१९ साल
च) वि.सं.२०२४ सालमा जिल्ला उप सभापति
८.वहाको स्वभाव : वहाले सबै भन्दा वन जंगल र पशुहरुको माया गर्नु हुन्थ्यो । कहिले काही मनोरन्जनको लागी धान नाच्नु हुन्थ्यो, खान पिन सामान्य हरियो साग सव्जी बडी रुचाउंनु हुन्थ्यो । दौरा, सुरुवाल, ढाका टोपी, जुत्ता लगाउंन औधि मन पराउंनु हुन्थ्यो । बुबा लेप्टन हुनु भएको नाताले वर्षमा २०० गोली बन्दुक भारत पल्टनबाट ल्याई चलाउन पाउंने व्यबस्था मिलाउनु भएकोले सिकार खेल्न देखी लिएर बन जंगल कन्दमुल खोज्नमा पनि सिपालु हुनुहुन्थ्यो ।
९.फक्ताङलुङको भ्रमण : महागुरु फाल्गुनन्द लिङदेनको पवित्र बचनले किरात कुल कविलाहरु मानव जिवनमा १ पटक, सके वर्षेनी फक्ताङलुङ दुध पोखरीमा पुगी स्नान गर्नु भन्नु भएकोले म वि.सं.२०३५ साल र ०५५ सालमा भ्रमण गर्न गएको छु । त्यहा पुगे पछिको प्राकृतीक रमणिय अनी अत्भुत दृस्यहरुले मन खुसी भइ घर फर्कन मन लाग्दैन थियो ।
१०.वर्तमान अवस्था : वि.सं.१९९१ सालमा जन्मनु भई हाल सम्ममा ९० बसन्त पार गर्दै, निजी निवास स्थान मै आफ्नो कान्छा छोरा सोनामहाङ बुहारी विना साथमा बसी समय विताउंदै हुनु हुन्छ । हालमा आएर प्रेसर र पायल्सको विमारले पिडीत हुनु भएको छ । औषधि खांदै लौरोको सहायताले घर आंगन वरपर गर्न बाहेक वहालाइ टाढा जान समस्या भएको छ ।
निजी निबास घर आगनमा कान्छा छोरा सोनामहाङ चोबेगु, कान्छी बुहारी विनाको साथमा । वि.सं.२०८१ जेष्ठ २६ गते ।