पान्थर फालेल्रुङ ८ याङनाम तेम्बेइक गाउंमा वि.सं.२०१२।०२।१२ गते जन्मनु भइ स्नातक सम्म शिक्षा हाशिल गरी औंशि भन्ज्याङ मा.वि.को प्र.अ.कार्यभार वि.सं.२०५३ साल सम्म सम्भाल्नु भयो । वि.स.२०५४ सालको स्थानीय चुनावमा विजय हुनु भइ याङनाम गा.वि.स.को अध्यक्ष कार्य १ अवधि चलाउनु भयो । त्यस पछि लेखन भाषा एवं साहित्यमा रुची खाख्नु हुने लेखक एवं सम्पादक श्री हाङवासाङ्ग(राजेन्द्र चोबेगु) याङनाम तेमबेइकबाट पान्थर जिल्लाको सदरमुकाम फेदेन बजार आफ्नै निवासमा रहंनु हुन्छ । सामुदायिक जातीय पहिचानको सम्बर्धन अनी उसको भाषा लिपी र सांस्कृतीक प्रबर्धनको सम्बन्धलाई उजागर गर्नु हुंदै प्रेणाको मुलधारा, चेतना मुलक अमर कृतीहरु प्रदान गर्दै अमरलोग (सामलोग) को यात्रामा अग्रज हुनु भएको मा किरात लिम्बुवान धन्य छ । यहाले प्रकाशित गर्नु भएको र प्रकाशोन्मुख अमुल्य कृतीहरु अनी थुप्रै सेवा कार्यहरु निम्न अनुसार उल्लेख छ ।
प्रकाशित कृतीहरु—
१.सक सापोना (वि.सं.२०५६)
२.याक्थुङ पेन्युकहा (वि.सं.२०५६) सह लेखन
३.मनाधिक मैबेआङ होप् ,कविता संग्रह (वि.सं.२०६७)
४.ताक्ली खेदासुङ (वि.सं.२०७२)
५.हिन्जा साप्पन (वि.सं.२०७५)
६.साप्पेन पोना (वि.सं.२०७६)
७.सम्झना संगालो (वि.सं.२०७७)
संयुक्त सम्पादन —
१.कक्षा १ देखी ५ सम्मको पाठ्यक्रम पुस्तक (वि.सं.२०५१) सानो ठीमी
२.कक्षा ६ देखी ८ सम्मको पाठ्यक्रम पुस्तक (जि.शि.का.पान्थर)
३.कक्षा ९ देखी १२ सम्मको पाठ्यक्रम पुस्तक (फेदेन नगरपालीका)
४.अनौपचारीक पाठ्य पुस्तक ः तरङ (पहिलो,दोस्रो)
५.लिम्बु — नेपाली — अग्रेजी शैक्षणिक शव्दकोष
६.कक्षा ६, देखी ९ सम्मको पाठ्य पुस्तक (जिल्ला वि.स.र फेदेन नगरपालीका)
प्रकाशोन्मुख कृतीहरु—
१.सिङबोत लुङबोत
२.लिम्बु भाषा शव्द परिचय
३.सम्झना संगालो दोस्रो
४.तेह्रलाखको जुत्ता छोरीलाई (सस्मरण)
५.चट्टयाङ सचित्र कथा
६.कविता संग्रह
पत्र पत्रिका सम्पादक —
१.सुम्हालुङ, संस्थापक सह सम्पादक (अर्ध वार्षिक)
२.थाङसाङ, संस्थापक प्रमुख सल्हाकार(अर्ध वार्षिक)
३.काराङवा, संयुक्त सम्पादन (वार्षिक)
पदहरु –
कुलपति — याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल
संस्थापक उपाध्यक्ष — केन्दीय चीया सहकारी संघ नेपाल
केन्द्रीय सदस्य — प्रोपर्टी डिर्लस एसोसिएसन नेपाल
केन्द्रीय प्रतिनिधि— सेवा निवृत समाज