जन्म स्थान
पिता स्व.सुवेदार हर्क बहादुर चोबेगु आमा स्व प्रभावती देवानको छोरा कान्छा, चौविस थुम धनकुटा जिल्ला सांगुरीगढी ५ डांडावजार बेगना(पेंवाना) गाउंमा वि.सं.१९९९ साल पौष २३ गते आईतबारका दिन स्वर्गिय श्री खड्गसिं चोबेगु थेगीमहाङ लिम्बु जन्मनु भएको थियो ।
शैक्षिक योगदान
आई एड सम्मको शिक्षा हासिल गर्नु भई वि.सं.२०२१ साल बैसाख २ गते देखि धनकुटा जिल्लाको विभिन्न स्थानहरुमा शिक्षण शेवाको करिव ३ दशक सम्म अध्यापक कार्यभार बहन गर्नु भयो । यस विचमा वि.सं.२०३५ सालमा तत्कालीन डांडावजार गांउ पञ्चायतको प्रधान पन्च कार्यभार समेत बहन गर्नु भयो । पून स्कुलमा फर्कंदै श्री पन्चमी प्रा.वि.स्कुलमा प्रधान अध्यापक सम्भाल्दै बहांले वि.सं.२०५९ साल माघ १४ गते अवकास लिनु भएको थियो ।
परिवार
श्रीमति दिलमाया चेम्जोङ,जेठा छोरा गणेश,कान्छा छोरा मणि र छोरी चित्राको साथमा प्रधान पन्च स्वर्गिय श्री खड्गसिं चोबेगु थेगिमहाङ लिम्बु
गृहस्थि जीवन
स्कुल बाट अवकास पाए पछि विभिन्न पत्र पत्रिका, पुस्तक अध्ययन, रेडियो सुन्ने र टिभि हेर्ने गर्दै दिनचर्या विताउंन थाले । जसबाट मेरो मनमा विभिन्न भावनाका विधाहरु छछल्कीन थाल्यो । मुर्त रुपदिन भनी मैले एउटा पडायरीमा लिपि वद्ध गर्दै गऐं । तिनै सामाग्रीहरु रंगी विरंगी फुल्थुंगाको माला झैं ऋतुराज कविता संग्रहको रुपमा तयार हुन थाल्यो ।
लेखक : स्वर्गिय श्री खड्गसिं चोबेगु थेगिमहाङ लिम्बु
ऋतुराज कविता संग्रह
मिति वि.सं.२०६९ साल भदौ महिनामा काठमाण्डौ बाग वजार एभरेष्ट पव्लिकेसन मुद्रण गरि आई एस वि.एन ९७८९९३७८६२९३६, जम्मा ७३ वटा कविताहरुको संग्रहले भरिएको यो ऋतुराज पहिलो संसकरणको रुपमा ५०० प्रति आत्म निर्भरताको लागी कार्य समुह आकास डांडा बजारले प्रकासित गरेको थियो ।
निधन
शिक्षक एवं प्रधान पन्च भइ गाउं विकाश समितीको जिम्मेवारी वहन गर्नु भएका र जीवन भोगाईका तितामिठा अनुभुतिहरुलाई कविताको माध्यमबाट चित्रण गर्नुहुने ऋतुराज कविता संग्रहका श्रष्टा कवि श्री खड्गसिं चोबेगु थेगीमहाङ लिम्बुको उपचारको क्रम्मा वि.सं.२०७० जेष्ठ १ गते ७१ वर्षको उमेरमा असामयिक निधन भयो ।