”पिता सहिद श्री जय प्रसाद केरुङ पाँँचथर लुङमादेनमा जन्मेका थिए । केरुङ २००७ सालको क्रान्ति देखि नै प्रभावित थिए । १७ साल पौष १.गते राजा महिन्द्रबाट प्रजातन्त्रको विरुद्धमा राष्ट्रघाती उत्पाद मच्चाएकोले प्रतिनिधीहरु जेल, नेल, हत्या र प्रवासी भई बस्न बाध्य हुनुपर्यो । उनलाई पनि वि.सं. २०१७ महेन्द्र को अरास्ट्रीय तत्व कदमले पिछा नगरी छोडेन । पञ्चायत विरुद्धमा वि.सं.२०१८ सालको क्रान्ती हुंदा लिम्वुवान च्याङथापु काण्डमा सक्रिय भूमिका निभाएका थिए । साथदिने मित्रहरु भुविक्रम नेम्वाङ, देवान दोर्जे र लाल प्रसाद राई थिए । उनीहरुको १ दिनको आमसभा विथोल्न साही सेना क्या. रुकुम ब.थापाको मातहतमा आई जय प्रसाद केरुङलाई समाती लगे दोहोरो गोली हानाहान भयो । आखीर केरुङलाई वरको रुखमा बाँधेर यातना दिंदै गोली हानी हत्या गरेका हुन् । यस प्रकार उनी वि.सं.२०१९ साउन महिनामा २ श्रीमती, ५ छोरा र ३ छोरीको साथमा सयौं प्रजातन्त्र वादीहरुको माझबाट सहीद भई विदा हुनुपर्यो ।” 1
जन्म : नेपालको पुर्वाञ्चल प्रदेश नं.१ पल्लो किरात लिम्बुवान पान्थर जिल्ला मेमेङ २ हाल फालेलुङ ३ मच्छेबुङ बस्ने सेनानी सहिद स्व.पिता जय प्रसाद केरुङ र आमा पञ्चकन्याको कोखबाट वि.सं.१९८४ साल असार १५ गते स्व.मचिन्द्र बहादुर केरुङको जन्म भएको थियो । वि.स.२०२१ सालमा पान्थर मच्छेबुङबाट दार्जिलिङ हुंदै त्यहाबाट २ बहिनी छोरीको साथमा पानी टंकी दुधगेट आउंनु भएको थियो । वि.सं.२०२२ सालबाट उहा निरन्तर यस स्थानमा बसोवास गर्न थाल्नु भयो ।
दम्पति जीवन : वहाले विष्णुमाया राई संग बैवाहिक सम्बन्ध स्थापीत गर्नु भएको थियो । जम्मा २ भाइ ६ बहिनी छोरीहरु गरी जम्मा ८ जना छोरा छोरी आफुहरु २ गरी जम्मा १० जनाको परिवारमा रहनु हुन्थ्यो ।
जनमुक्ती सेना : वहाले भान्सार कार्यालयमा नाकरी गर्नुहुन्थ्यो । जागीर खांदै गरेको छोडेर राणाहरुको हुकुमी सासन विरुद्धमा नेपाली कांग्रेसले चालेको अभियानमा समाहित भई नेपालको राजनीतिक ईतिहासमा महत्व पूर्ण योगदान दिने व्यक्तिहरु मध्ये एक मचिन्द्र बहादुर केरुङ पनि हुनुहन्थ्यो । पुर्वि जनमुक्ती सेनाको सेनानी एम पि.डगलसिं सेनको कमाण्डमा सेना भइ काम गर्नु भयो ।
वि.सं.२०१४ सालको भद्र अवज्ञा आन्दोलनमा सरिक मचिन्द्र बहादुर केरुङ वि.सं.२०१५ सालको पहिलो संसदीय चुनावमा उम्मेदवार बन्ने चाहाना देखिए पछि केन्द्रबाट विश्वनाथ प्याकुरेल लगाएत आई प्रेमराज आङदेम्बेलाइ छोडीदिन अनुरोध गरे पछि पार्टीलाइ जिताउंन ठुलो योगदान दिनु भयो । पार्टीले जिते पछि विपिको उपस्थितीमा २५ नंं क्षेत्रको पार्टी सभापति बन्नु भयो । उहांको प्रयासबाट पान्थर,ईलाम,ताप्जीजोङ र झापा जिल्लामा धेरै स्कुलहरु स्थापना गर्नु भएको थियो ।
वीचमा सुव्वा श्री दगलसिं सेन चोबेगु — चौविस थुम धनकुटा
१.सेना : देउकुमार राइ, च्याङथापु — पान्थर थुम
२.सेना : दिल बहादुर नेम्बाङ, लुङरुक्पा — पान्थर थुम
३.सेना : अम्बीका प्रसाद केरुङ, ताङलेक्पा— पान्थर थुम
४.सेना : शुर्यमान गुरुङ, फुङलीङ — ताप्लीजोङ थुम
५.सेना : मचिन्द्र बहादुर केरुङ — पान्थर थुम
६.सेना : देवान दोर्जे (थीङ) — पान्थर थुम
निर्वाशित अवस्था — वि.सं.२०१७ साल पौष १ गते श्री ५ महेन्द्र राजाले नेपाली कांग्रेसको सरकार विघटन (कु) गरे पछि, धर पकट जेल चलान गोली हानी हत्या गर्ने सेनाको भयानक उपध्र हुन थालेपछि, कैयौं सहिद भए । त्यसै बेला उहांको सर्वश्व हरण गरिएको थियो । नेपालमा वस्न नसकीने अवस्था भएकोले उहां वि.सं.२०१७ साल माघ १६ गते भारत दार्जिलिङ जिल्ला पानी टंकीमा बस्न थाल्नु भयो । उहांको घर डगलसिं सेन, गिरिजा प्रसाद कोईराला र भवानी विक्रम नेम्बाङ लगायतको पार्टी सम्पर्क कार्यकर्ता भेटघाट गर्ने सेल्टर नै थियो । राजनैतिक तालिम केन्द्र सन्चालन गरेको भनी नेपाली पत्रीकामा समाचार प्रकाशन भए पछि, भारतीय प्रहरीले वर्षमा ३।४ पटक घरको खन्तलासी गर्नुका साथ साथै शिलिगुडीमा पक्रदै थुन्थे बयान लिंदै छोड्दै गर्थे । यस पछि झन मचिन्द्र बहादुर केरुङ निरन्तर पार्टीमा सक्रीय भइ पार्टीमा निरन्तर डटी रहनु भयो ।
जिल्ला सभापति — “वि.सं.२०२९ सालमा नेपाली कंग्रेस पान्थर जिल्लाको सभापति मनोनयन हुनु भयो । वि.सं.२०४६ सालमा प्रजातन्त्रको आगमन पश्चात स्वदेस फर्की राजनीतिमा क्रियाशिल हुनु भयो । बहुदलीय व्यबस्था आए पछि वि.सं.२०४७,०४८ सालमा चुलाचुली बसोवास समस्या समाधान आयोगको अध्यक्ष हुनु भई जनताको सेवाकार्य ईमान्दारिताका साथ निर्वाह गर्नु भएको थियो ।
आयोग अध्यक्ष — वि.सं.२०३१ साल देखि सरकार यस क्षेत्रमा बसोवास गर्न दिनु हुन्न वन अतिक्रमण कारीहरुलाई उठाउंनु पर्छ भन्ने पक्षमा थिए, भने एमपि सुव्वा डगल सेन चोबेगु, सुव्वा नारायण प्रसाद चेम्जोङ, छविलाल लावती, के.वि. गुरुङ, उठाउंनु हुन्न भन्ने पक्षमा थिए । बसाई सर्ने की बस्ने भनी ठुलो अन्तर संघर्ष भएको थियो । झापा जिल्लाको सगरमाथा पुर्नवास र मोरङ जिल्लाको केचना, पथरी १५ प्रतिशत बसाइ सरेता पनि ८५ प्रतिशत बसाई सर्न नमाने पछिको हाल यो अवस्थामा छंंदैछ । बहुमत पक्ष सरकार भएपछि वि.सं.२०४८ सालमा मछेन्द्र केरुङ चुलाचुली बसोवास समस्या समाधान आयोगको अध्यक्षमा काम गर्नु भएको थियो । उनको पालामा मात्र जनताले आसाको सास फेर्न थाले, नत्र उठान क्षेत्रमा वसाई हिड्नु पर्ने त्रासले पिडीत थिए ।
अभिनन्दन पत्र — “मछेन्द्र केरुङले जनताको मुक्ति र स्वतन्त्रताको लागी मृत्यु पर्यन्त पुर्याउंनु भएको योगदान, त्याग र समर्पणको मुल्य हामी प्रजातान्त्रबादीहरुले कहिल्यै तिरेर तिर्न सकिंदैन । उहाले हामीलाई लोक्तान्त्रीक अधिकार दिलाएर आफूले अमरत्व प्राप्त गर्नु भएको छ । उहां जस्ता देशका मुक्तीकामी जनताका उज्जवल स्वप्न निधिहरु अनन्तकाल सम्म स्मरणिय रहने नै छन । हामीलाई मुक्ती संग्राममा विजय वनाएर आफू अनन्त मुकती मार्ग तीर लाग्नु भएका श्रद्धेय मछेन्द्र केरुङ स्वतन्त्रताका पुजारी र वीर सपुत हुनुहुन्थ्यो । आफ्नो व्यक्तिगत स्वार्थ र पारिवारिक व्यबहार भन्दा माथि उठेर देश र जनताको नाममा बलिदानी संघर्षमा होमीनु भएका प्रेणाका श्रोत मछेन्द्र केरुङ प्रति हार्दीक श्रद्धा सुमन अर्पण गर्दै,यस्ता प्रजातन्त्रका सेनानी वीर सपुतको उत्तराधिकारी तपाई र सम्पूर्ण केरुङ परिवारलाई हार्दीक अभिनन्दन गर्दछौं ।“ 2
निधन : “अध्यक्ष मधुमेय लगायत विभिन्न समस्याहरुबाट ग्रसित थिए । भारतको सिलिगुडी स्थीत अस्पतालमा उपचारको क्रममा उहांको वि.सं.२०६८ साल पौष १७ गते उहाको असामयिक निधन भएको थियो । पार्टीको जीम्मेवारीमा व्यस्त रहंदा रहंदैे । उहां केरुङ चोलुङ सङजुम्भोको केन्द्रिय सल्लाहकार पनि हुनु हुन्थ्यो ।”3
शोक विज्ञप्ती काठमाण्डौ : “नेपाली कांग्रेसले आफ्ना दिग्गज नेताको निधन प्रति दुख्ख व्यक्त गरेको छ । मछेन्द्र बहादुर सोम्बार सोक सन्तव्त परिवार प्रति समवेदना प्रकट गरेको छ । केरुङले विभिन्न लोकतान्त्रीक आन्दालनमा भाग लिएका थिए । उहांले (डिसेम्बर १९४०) वि.सं.१९९७ सालको सविनय अवज्ञा आन्दोलनमा भाग लिनु भयो । (सन् १९५९) वि.सं.२०१५ सालको पहिलो संसदीय आम निर्वाचनमा कांग्रेस विजयको लागी प्रचार गर्नु भयो । वि.सं.२०१७ सालमा राजा महेन्द्रले सत्ता सम्हाले पछि केरुङले सुवर्ण शम्सेर राणाको नेतृत्वमा सशस्त्र क्रान्तिमा भाग लिए ।
केरुङको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । पार्टी संगठनमा उहांको अहतुलनीय योगदान स्मरणिय रहने छ ।”4
सन्दर्भ सुची
1.सहिद.स्मृति ग्रन्थ १ पा.नं.७९–७१
2.,वि.सं.२०६८ फागुन २७ नेपाली कंग्रेस झापाको अभिनन्दन पत्रबाट
3.पस्तके लुङ स्मारिका वि.संं२०७१ केरुङ केरुङ चोलुङ सङजुम्भो पान्थर,पानं.३
4. ने.कांग्रेस केन्द्रीय कार्यालय काठमाण्डौले जारी गरेको प्रेस विज्ञप्ती
Maxhendra Bdr Kerung : Maila
(... - 2012)