वेस्ट बंगाल दार्जिलीङ जिल्ला कालिम्पोङ साक्योङ (पेदोङ) मा जन्मीयका यु सिं सुव्वा थेगीम (सन १९२४ मा जन्म र १९८७ मा निधन) ले आफ्नो जीवनका वर्षहरुमा एक देहाती जीवन विताए, तर ज्ञानको लागी उहाको तिर्खाले उन्लाइ यसबाट बाहिर निकाल्यो । उहां आफ्नो बास्तविक योग्यता प्रमाणित गर्न सन १९४४ मा रक्षा सेवा(आर्मि मेडीकल कोर) मा सामेल हुनु भयो । सन् १९६८ मा जे.सी.ओ.(जुनीयर कमिशन अफिसर) को रुपमा पुन : निवृत भएदेखी नै दार्जिलिङ जिल्ला परिषदमा निर्बाचित हुनु भई उहांले आफ्नो वांकी जीवन असहाय गाउंका जनताको शेवामा समर्पित यर्नु भयो ।
आफ्नै भाग्यको शिल्पकार, श्री सुव्वाले आफ्नो जीवनमा सफल्ताको लागी लगनशिल भएर काम गरे । उहां आफ्नो सरासर जिद्धी प्रयासबाट लेखकको स्थीतीमा पुग्नु भयो । उहाको लेखहरु अंग्रेजी भाषामा प्रकाशित गर्नु भएकोले यशियन कविता लेखकहरुको सुचिमा उहांको नाम प्रकाशित भएको छ ।
प्रकाशित र अप्रकाशित कृतीहरु
१.सपनाको भुमी (ड्रीमल्याण्ड) अंग्रेजीमा । सन १९६७
२.अमर ताराको रोमान्चक कथा अंग्रेजीमा । सन् १९७०
३.द सुसाइडल लभ एण्ड द लेडी अफ् ल्हासा अंग्रेजीमा । सन् १९८८
४.प्रेम र प्रकृतीका कविताहरु (अप्रकाशित)
५.द विवि बर्ड र अन्य कविताहरु (अप्रकाशित)