जिल्ला कालेबुङ व्लक पेदोङ बस्ने श्री सुर्य थोक्लीहाङ र बाटुली पयाङगुको कोखबाट सन् १९७५ सालमा कान्छा छोराको रुपमा जन्मनु भएका जि.टी.ए.दार्जिलिङका एक्जुकेटीभ सभासद ४० नंं.समष्टी पेदोङमा कार्यरत हुनु हुन्छ । उहाको शिक्षा पहीलो सन्त जर्ज उच्चतर मा.वि.पेदोङमा ग्रहण गर्नु भएको हो । स्कटीस युनिर्भसिटी मिसन कालेबुङबाट ११ र १२ औं कक्षाको शिक्षा हासिल गर्नु भइ ग्रेजुयसन कालेबुङ सरकारी महा विध्यालयबाट शिक्षा हासिल गर्नु भएको थियो ।